Email :- prastakhabar@gmail.com
राजनीति

धर्मले सबैको हित गर्छ: नेता बानियाँ

FB_IMG_1662654375196-1662654493.jpg

२३भदौं,हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले धर्मले सबैको हित गर्ने बताएका छन्।हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमले निर्माण गर्न लागेको आण्डाल बेद अध्ययन केन्द्रको विहिवार शिलान्यास गर्दै बानियाँले सो कुरा बताएका हुन ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले उपमहानगरपालिकाको तर्फबाट ५ लाख भन्दा बढी सहयोग गर्ने बताए । उपमेयर बानियाँले उपमहानगरपालिकाले साडी बाडेको सत्य नभएको बताउदै आफूले आफनो पसलबाट पैसा लिएर साडी विक्री गरेको बताए ।

बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१६ का वडा अध्यक्ष उद्धव सत्याल, १७ का वडा अध्यक्ष रामकृष्ण कोईराला, वृद्धाश्रमका पूर्व अध्यक्ष हरिप्रसाद सिग्देल, कामधेन बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी ,विभिन्न मन्दिरका मठाधिशहरु, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

अध्ययन केन्द्र निर्माण गर्न बागमती प्रदेश पर्यटन मन्त्रालयबाट ४० लाख, भौतिक पूर्वाधार  विकास मन्त्रालयबाट १० लाख र हेटौडा–१७ नं. वडा कार्यालयबाट २ लाख रकम प्राप्त भएको छ । विष्णु लक्ष्मी शयन अवतार सहित अध्ययन केन्द्रमा कमल पोखरी, पुष्प बाटिका, रामानुज स्तम्भ र हल सहित निर्माण गर्न करिव ५ लाख खर्च लाग्ने बृद्धाश्रमका सचिव नवराज न्यौपानेले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार