Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा क्याम्पसमा अनियमितताको आशंकामा प्राध्यापकहरू आन्दोलनमा

Screenshot_20230517_08452-1684292594.jpg

३ जेठ, हेटौंडा । हेटौंडा क्याम्पसमा आर्थिक अनियमितताको आशंका गर्दै क्याम्पसका प्राध्यापकहरू आन्दोलन थालेका छन् ।
अनियमितताको आशंका गर्दै नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले हेटौंडा क्याम्पस हेटौंडाको आर्थिक पक्ष सम्बन्धमा विस्तृत विवरण खुलाई श्वेतपत्र सार्वजनिक गर्न माग गर्दै आन्दोलन थालेका हुन् । 
१० महिनादेखि तलव नपाएका उनीहरूले जायज माग पूरा गर्ने दायित्व विपरीत श्वेतपत्र सार्वजनिक गर्ने माग नै त्रुटिपूर्ण रहेको व्याख्या गर्नतर्फ क्याम्पस प्रशासन लागेको जनाएका छन् । क्याम्पस प्रशासन नै क्याम्पस विकासको वाधक रहेको तथा आर्थिक अनियमितता रहेको आशंका जन्मिएको भन्दै प्राध्यापकहरूले जेठ १ गतेदेखि आन्दोलन कार्यक्रम थालेका छन् । उनीहरूले श्वेतपत्र जारी हुनुपर्ने र २०७७ सालदेखी हालसम्मको अतिथि सत्कार शिर्षकमा भएको खर्च सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
जेठ १ गते र २ गते क्याम्पस समयावधिभित्र कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका प्राध्यापकहरूले आज जेठ ३ गते क्याम्पस सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरुको मोबाइल नम्बरमा 'शिक्षक कर्मचारीको पारिश्रमिक नियमित निकासा गराइदिनुस्, क्याम्पसको वास्तविक आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्न लगाइदिनुस्' भन्ने सन्देश पठाउने कार्यक्रम राखेका छन् । 
जेठ ४ गतेदेखि संकाय एवं विभागीय जिम्मेवारी वहन नगर्ने, आन्तरिक परीक्षाका प्रश्नपत्र समयमै उपलब्ध गराउने तर माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने, जेठ ५ गतेदेखि ८ गतेसम्म दैनिक १५ मिनेटका दरले बिहान ८:३० बजेदेखि ८:४५ बजेसम्म क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्ष अगाडि धर्ना बस्ने र जेठ ९ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
क्याम्पस प्रमुख देवचन्द्र मानन्धरसंग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा फोन उठेन ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार