१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
गुम्बाका अध्यक्ष चन्द्रबहादुर लोको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शुक्रबार गुम्बा भवन उद्घाटन गरेका हुन् ।
नेता बानियाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुँदा संघीय सरकारको २ लाख रुपैयाँबाट निर्माण शुरु गरिएको गुम्बामा मकवानपुरगढी १ वडा कार्यालयबाट पटक/पटक गरेर १२ लाख रुपैयाँ तथा जनश्रमदानबाट निर्माण सम्पन्न भएको थियो ।
प्रमुख अतिथि नेता बानियाँले तामाङ जातीहरुको बाहुल्य बसोबास रहेको रानीसेरामा बौद्ध गुम्बाले सबै टोल समुदायका बासिन्दालाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए ।
स्थानीय नेता, समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले संघीय मन्त्री हुँदा संघीय सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यस गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, मकवानपुरगढी १ का वडा अध्यक्ष आईतसिं लो, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्यबहादुर रुम्बा, कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तान, कोषाध्यक्ष आकाश गोले, समाजसेवीहरु सुवात सिं थिङ, सुर्यबहादुर स्याङतान, रामप्रसाद चौरेललगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...
८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...
८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...
८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...
८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...
७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...
७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले...
२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...