Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित

west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा १५१ रन मात्रै बनाउन सक्यो ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका लोकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज ’ए’ कालागी हेडन वाल्शले ३ र गुदाकेश मोटीले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो । वेस्ट इन्डिज ’ए’ का  लागी चाल्र्सले नट आउट ११९ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।
योसँगै पाँच खेलको टी–२० क्रिकेट शंखलामा वेस्ट इन्डिज ’ए’ ले २–१ ले अग्रता लिएको छ । यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु
accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य
Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते
images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा
FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई
FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली
Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा
DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार
Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...

थप समाचार