Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

मकवानपुरको कैलाश–७ मा भिडियो एक्सरे सहितको वर्थिङ सेन्टर  

385507099_101921534261159-1697085280.jpg

२५ असोज,हेटौँडा । भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुचबाट बञ्चित मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । बुधबारबाट गाउँपालिकाको  वडा नम्बर ७ मा रहेको ङिको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएसंगै भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुचबाट बञ्चित कैलाशमा भिडियो  एक्सरे सहित  गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर  कार्यको सुरुवात  भएको हो ।   

बुधबार एक समारोहका बिच गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको हो । विकट रहेको कैलाश गाउँपालिका त्यसमा पनि चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परिक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताएका छन् । नयाँ वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले आफ्नो गर्भावस्था परिक्षण गरिएको डाक्टर विदुर भण्डारीको टोलीले गर्भवती महिलाले गर्भावस्था परिक्षण गरेको वडाध्यक्ष भ्लोनले जनाएका छन् ।  
गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर यो कार्यक्रम गरेका गरिएको गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताएका छन् । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित आफ्नो गर्भावस्था जाँच सेवा प्रदान गर्ने र  हेटौंडा अस्पतालका डाक्टर  विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताएका छन् । त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले पालिकाको स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गरिने बताए । यादवले पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए ।  कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार