Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाद्वारा कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग 

387330405_334738235725979-1697626591.jpg

१ कार्तिक,हेटौँडा । विजया दशमीको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न सहयोग गरेको छ । बुधबार कारागारमै पुगेर पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरी सहितको टोलिले कैदीबन्दीहरुलाई खसी र खाद्यान्न सहयोग गरेका हुन् । गाउँपालिकाले २ वटा खसी, चिउरा र तेल लगायतका खाद्यान्न कारागार प्रशासनलाई हस्तान्तरण गरेका हुन् । खसी र खाद्यान्न हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर पुर्ववडाध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो ।
गाउँपालिका अध्यक्ष मुक्तान सहितको टोलीले कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि दशै,तिहार लगायतका पर्वको शुभकामना आदानप्रदान समेत गरेका थिए । भिमफेदी कारागारमा हाल १ हजार ३८ पुरुष, ३७ महिला गरी कुल १ हजार ७५ कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन भने २ जना आश्रित नाबालक रहेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार