६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम भएकी छिन् ।
बुधबार आयोजना गरिएको प्रतियोगितामा क्रमशः कृतिका लौडारी, सुनिल न्यौपाने र प्रियान्सु पोखरेल द्वितीय, तृतीय र सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगितहरुले क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा युगेश ढकाललाई प्रोत्साहन पुरस्कार स्वरुप नगद ५०० राशी प्राप्त गरिएको थियो ।
पुरस्कृत वक्ताहरुलाई १० नं वडा अध्यक्ष फुर्वा दोर्जे लामा, आँचलकी अध्यक्ष भावना सापकोटा साहित्य कला पुञ्जमकवानपुरकी सल्लाहकार पुर्णकला घिमिरेलगाएतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगितामा १८ जना सहभागी भएका थिए । प्रतियोगिताको निर्णायकमा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण बर्तौला रहेका थिए ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतित्थ्यतामा भएको वडाका सदस्य तथा कार्यपालिका सदस्य साधना श्रेष्ठ, सदस्य गोमा सुनुवार, ईश्वर प्रसाद मैनाली साहित्यसेवी मुक्ति गोविन्द वैद्य, साहित्यकारहरू देवराज खरेल, सुदर्शन अधिकारी, रमेशमोहन अधिकारी, शम्भुप्रसाद बाँसकोटा, जनार्दन खनाल, इन्द्र नेपाल, छवी अनित्य, डिबि बर्तौला, सानु खनाल, मञ्जु खराल गाएतको उपस्थिति रहेको थियो ।
आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने, जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन गरेका थिए ।
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
२० बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...
२० बैशाख, हेटौंडा । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...
१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...