Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फुँयाललाई बधाई दिंदै मूख्यमन्त्री पौडेलले भने– ‘जे पर्ला पर्ला’ (भिडियो)

५ फागुन, हेटौंडा । भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएपछि रामेश्वर फुँयालले सोमबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईबाट सपथग्रहण गरे । 
माघ २९ गते नै ‘मन्त्री’ पदको सपथग्रहणको तयारी भएर स्थगित हुन पुगेपछि मूख्यमन्त्री डोरमणी पौडेल पनि केही असन्तुष्ट देखिन्थे । त्यो असन्तुष्टीलाई सन्तुष्टीमा बदल्ने मौका भने पौडेल र फुँयालले सोमबार साँझ मात्रै पाए । सोमबार साँझ ५ बजे प्रदेश प्रमुख प्रसाईले सपथग्रहण गराएपछि शुरु भयो फुयाँललाई बधाई दिने क्रम । पहिले उनलाई प्रदेश प्रमुख प्रसाईले नै सफल कार्यकालको शुभकामना दिए । 
त्यसपछि पालो आयो मूख्यमन्त्री डोरमणी पौडेलको । पौडेलले किस्तीबाट माला उठाए, अबिर लिए । मूख्यमन्त्री खुशीको मुद्रामा हाँसिरहेका थिए भने संगै रहेका सभामुख सानुकुमार श्रेष्ठले मूख्यमन्त्रीलाई साथ दिईरहेका थिए । पछाडि थिए प्रदेश सरकारका मन्त्रीहरु । टिका र माला लगाईदिएपछि बधाई दिंदै हात मिलाएर मूख्यमन्त्रीले भने ‘ल, जे पर्ला पर्ला ।’ संगै रहेका प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले थपे–‘जे पर्ला पर्ला, परेको व्यहोरौंला ।’ हाँसोको फोहरा छुट्यो एकछिन । दुबैको अभिव्यक्तिमा ‘ठूलै युद्ध’ जितेको भाव झल्किन्थ्यो ।’ 
सबै घटना नियालीरहेका एक प्रत्यक्षदर्शीले भने–‘प्रदेश सरकार गठनको २ बर्ष पुगेको अवसरमा फुँयाललाई मन्त्री पद ‘गिफ्ट’ दिन खोजेका मूख्यमन्त्री पौडेललाई अन्तिम समयमा पछि हट्नु परेपछि आत्मसम्मानमा ठेस पुगेको थियो भन्ने कुरा सपथग्रहणको खुशीयालीमा झल्किएको हो ।’


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार