Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हटियामा शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने

no_img-1487169923.jpg

४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना

अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा हटियास्थित लक्ष्मी निमाविको चौरमा स्वास्थ्य शिविर गर्न लागेको लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष राजेश भेटवालले जानकारी दिए ।

‘गत बर्ष हामीले बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको प्राङ्गणमा बृहत स्वास्थ्य शिविर गरेका थियौं’, क्लव अध्यक्ष भेटवालले भने, ‘यस बर्ष मकवानपुरको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै हटियामा शिविर गर्न लागेका हौं ।’

शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, जनरल फिजिसियन, स्त्री तथा प्रजनन् रोग, बालरोग, सर्जरी एवम् छाला सम्बन्धी रोगका बिरामीले सेवा लिन सक्ने स्वास्थ्य शिविर कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जानकारी दिए ।

कार्यक्रम संयोजक बास्तोलाले स्वास्थ्य शिविरमा उपस्थित भएर स्वास्थ्य लाभ लिनका लागि स्थानीयलाई अनुरोध गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार