३० मंसिर, हेटौँडा । ३ महिना अघिसम्म चहलपहल रहने ३ नम्बर प्रदेशको प्रदेशसभामा अहिले सुनसान छ । हेटौँडामा रहेको प्रदेशसभामा अहिले केही कर्मचारी र सुरक्षाकर्मी मात्रै देखिन्छन् ।
भदौं २५ गतेदेखि स्थगित भएको प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । प्रदेशसभा बैठक कहिले बस्छ भन्ने पनि अहिलेसम्म निश्चित छैन । प्रदेशसभाको बर्षे अधिवेशन समाप्त भएपछि न कर्मचारीहरुलाई कुनै कामको चाप छ, न प्रदेशसभा सदस्यहरुलाई नै । उनीहरु पनि कहिले प्रदेशसभा संचालन हुन्छ भन्ने प्रतिक्षामा छन् ।
प्रदेशसभालाई काम दिन नसक्नु प्रदेश सरकारको कमजोरी रहेको ३ नम्बर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बताउँछन् । ‘विधेयक ल्याएर छलफल गर्ने वातावरण तयार गर्ने र राजधानीको नाम र स्थान टुंगो लगाउनु पर्ने हो ।’–बानियाँ भन्छन्–‘२ तिहाई बहुमत हुँदा पनि काम गर्न नसक्नु सरकारको कमजोरी हो ।’ उनले यथाशिघ्र संसद बोलाउन प्रमुख प्रमुखलाई आग्रह गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश भएका कैयौ महत्वपूर्ण विषय संसद संचालन नहुँदा छलफलमा आउन सकेको छैन । तर प्रदेश सरकारले हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह नगर्दा प्रदेशसभा संचालन हुन नसकेको हो । प्रदेश सरकारले अहिलेसम्म प्रदेशसभामा कुनै पनि विधेयक दर्ता गरेको छैन । यसअघि दर्ता भएका सबै ४५ वटा विधेयक पारित भईसकेका छन् भने ४४ वटा प्रमाणिकरण समेत भईसकेका छन् । विधेयक नहुँदा प्रदेशसभा संचालन हुन नसकेको सभामुख सानुकुमार श्रेष्ठ बताउँछन् । ‘प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अधिवेशन आव्हानका लागि आग्रह गरेपछि प्रदेश प्रमुखबाट आव्हान गर्ने प्रावधान छ ।’–उनले भने । तर सरकारले प्रक्रिया थालेको छैन ।
विधेयक नहुँदा मिनि संसदको रुपमा चिनिने संसदीय समितिको बैठक पनि कम भएको छ । केही समितिको बैठक बसेर सरकारको कामको अनुगमन लगायतका काम गरेपनि अन्य निस्क्रिय रहेको छन् । ३ महिनादेखि प्रदेशसभा सदस्य कामविहिन छन् । त्यसैले संसदमा विधेयक ल्याएर प्रदेशसभालाई प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यान जानु जरुरी रहेको ३ महिनापछि सोमबार हेटौँडामा भेटिएका सांसदहरुको भनाई छ ।
७ फागुन, हेटौंडा । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी...
७ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको...
६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...
६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले आयाेजना गरेकाे वक्तृत्वकला...
६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...
६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...
६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...
६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...
६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...