७ फागुन, हेटौंडा । संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म अाफ्नो पहुँच बढाउनु पर्ने शनिबार हेटौंडामा अायोजित कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । रेडियो थाहासंचारको नवौं बार्षिकोत्सवको अवसरमा अायोजित 'पत्रकारिता: विगत, वर्तमान र भविष्य' विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विषयवस्तुका लागि संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म पहुँच राख्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै थाहासंचार अनलाइनका प्रधान सम्पादक एवम् अग्रज पत्रकार तिर्थ कोइरालाले अहिलेको अवस्थामा संचार क्षेत्रले राजनीतिक भन्दा अार्थिक मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले अार्थिक क्षेत्रका समस्या र समाधानको पाटोलाई संचारक्षेत्रले समेट्नुपर्नेमा उनको जोड थियो । राजनीतिक भाषणभन्दा राजनीतिमा रहेका विकृतिको उजागर गर्दै सुधारका लागि कलम चलाउन उनको सुझाव थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टले संचारमाध्यमको समाचार पक्ष बलियो भए स्थानीय सवाललाई बढि उजागर गर्न सक्ने बताउँदै पछि पारिएकाहरूको समाचारलाई प्राथमिकता दिनुपर्ने बताए । संचारकर्मी अार्थिक रूपमा बलियो भए उसले निर्धक्क संचारकर्ममा लाग्न सक्नेतर्फ संचारगृहले ध्यान दिनुपर्ने बताए ।
महासंघका उपाध्यक्ष गिरिजा अधिकारीले पछिल्लो समय संचारमाध्यममा शहर केन्द्रित समाचारले स्थान बढी र ग्रामीण भेगका समाचार अोझेलमा परेकाले यसतर्फ सचेत हुनु जरूरी रहेको बताए । कार्यक्रम रेडियोका प्रवन्ध निर्देशक अरूणराज सुमार्गीले संचारक्षेत्र र संचारकर्मी बलियो बनाउन अाफ्नो तर्फबाट सहयोग गरिरहेको बताए ।
कार्यक्रममा रेडियो कार्यवाहक स्टेसन म्यानेजर दर्शन क्षेत्री, कार्यक्रम संयोजक गोकुल अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रममा विभिन्न संचारमाध्यममा अावद्ध संचारकर्मीको सहभागिता रहेको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















