Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकारका कामको संसदमा प्रतिवाद गर्ने कांग्रेसको निर्णय

Congress1-1576807221.jpg

४ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठकमा सरकारका कामको प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेसको संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले संविधान विपरीत ल्याएका विधेयकदेखि विभिन्न निकायमा गरेका नियुक्तिको संसदमा प्रतिवाद गर्ने निर्णय गरेको समाचार कान्तिपुरमा छ ।
त्यस्तै, शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा कांग्रेसले भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राख्दा नेपाल सरकारले फिर्ता ल्याउनका लागि आवश्यक पहल नगरेकोमा पनि विरोध गर्ने भएको छ।
कांग्रेस सचेतक पुष्पा भुसालले संसदीय दलको बैठकमा भएका निर्णयबारे भनिन्, ुलिम्पियाधुरा, कालापानी र लिपुलेक भारतले आफ्नो नक्सामा राखेको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको थियो। तर नेपालको भूमि फिर्ता ल्याउन आवश्यक पहल भएन। कूटनीतिक पहल गर्ला भनेको तर सरकारले बेवास्ता गरेको छ । अब संसद्‌मा यसबारे कुरा उठ्छ।ु
भारतले नोभेम्बर २ मा राजनीतिक नक्सा जारी गरेको थियो। जसमा नेपालका लिम्पियाधुरालगायतका भूमि भारतमा देखाइएको थियो। जसकारण नेपालभर भारतको विरोध भइरहेको छ ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसनबीच भएको सन्धि कार्यान्वयन गर्नपनि नेपाली कांग्रेसले सदनमा कुरा उठाउने निर्णय गरेको छ। सत्तारुढ नेकपाभित्र यो सन्धिलाई लिएर विवाद भइरहेको बेला कांग्रेसले भने उक्त सन्धिको पक्षमा आवाज उठाउने भएको छ। सचेतक भुसालले भनिन्, 'एमसीसी कांग्रेस सरकारको पालामा भएको सम्झौता हो। यो नेपालको विकाससँग जोडिएको भएकाले अगाडि कार्यान्वयन गर्न सरकारसँग कांग्रेसले सदनमा जोडदार माग गर्छ।'
संवैधानिक परिषद्लाई छलेर सरकार अगाडि बढ्न खोजेको विषयमा पनि कांग्रेसको ध्यानाकर्षण भएको छ। संसदीय दलको बैठकमा विपक्षीलाई बेवास्ता गरेर विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति गर्न खोजेकोप्रति पनि कांग्रेसको आपत्ति छ। गोकर्ण रिसोर्ट र सभामुख तथा उपसभामुख निर्वाचनबारे कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको भुसालले जानकारी दिइन् ।
सचेतक भुसालका अनुसार नेपाल विशेष सेवा विधेयक, २०७६ र नीति अनुसन्धान प्रतिष्ठान विधेयक,२०७६ को कांग्रेसले प्रतिवाद गर्ने भएको छ। विशेष सेवा विधेयकले जनताको स्वतन्त्रता र गोपनियता हनन गरेको कांग्रेसको आरोप छ। नीति अध्ययन प्रतिष्ठानलाई स्वतन्त्र राख्नुपर्नेमा विधेयकले भने नेकपाका कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाउन खोजिएको कांग्रेसको आशंका छ ।
विश्वविद्यालयमा आफू निकटका व्यक्तिलाई मात्रै नियुक्त गरेकोमा पनि कांग्रेसले विरोध गर्ने भएको छ। योग्य व्यक्तिलाई भन्दा पनि प्रधानमन्त्रीले आफू निकटका व्यक्तिलाई विश्वविद्यायमा नियुक्ति दिएर प्राज्ञिक वातावरण बिगारेको भएकाले विरोध गर्न लागेको सचेतक भुसालको भनाइ छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

थप समाचार