Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

हेटौंडा ५ का वडाध्यक्ष बानियाँले सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स दिने

IMG_20191223_185451-1577106621.jpg

७पुस,हेटौंडा।जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ।जनताले अमुल्य मत दिएर जिताएका जनप्रतिनिधि बास्तबमै जनताप्रति उत्तरदायी हुनुपर्ने बन्ने कुुुराको गतिलो प्रमाण बनेेेका छन् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजेश बानियाँ।

वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने   सम्झौतापत्र बुझाएपछि जनताप्रति उत्तरदायी रहेको कुरा प्रमाणित गरिदिएका हुन्।  

बानियाँले सोमबार  हेटौंडा ९ मा रहेको सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा एक कार्यक्रमको आयोजना गरी हेटौंडा नगर प्रमुख हरि बहादुर महतको उपस्थितीेमा  हस्ताक्षर गरी उक्त सम्झौता पत्रमा हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स सेवाबाट कोही पनि बन्चित नहोस र प्रहरी र जन्तको कदर स्वरूप आफ्नो हजुरबुबा चेतसिंह बाँनिया र बुबा विरेन्द्रबहादुर बाँनियाको स्मृतिमा बानियाँ सहित उनका दाजु  रविनकुमार बानियाँ र  रमेशकुमार बानियाँ मिलेर एम्बुलेन्स खरिद सामुदायिक सेवा केन्द्रलाई दिन लागेको  बाँनियाले बताएका छन्।

एम्बुलेन्स खरिद सम्झौतापत्रमा एम्बुलेन्सदाता तथा वडा नम्बर ५ का वडाध्यक्ष राजेश बाँनिया, हेटौंडा नगर प्रमुख महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, ३ नम्बर  प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्ठले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन।

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९का अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा नगर प्रमुख हरि बहादुर महत,   प्रजिअ नारायण प्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, वडा ८का अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्र निवर्तमान अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष विनोदचन्द्र लामिछाने लगायतकाले वडाध्यक्ष बानियाँको सहयोग सम्मानयोग्य भएको बताएका छन्।  कार्यक्रममा हेटौंडा ९ का अध्यक्ष लक्ष्मण भण्डारी, १५ का अध्यक्ष महारत्न लामा, हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कंडेल, सशस्त्र प्रहरी  १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मकवानपुरका युवा नेता तथा व्यवसायी आनन्दराम पराजुली, सीताराम बर्तौला, डिडिसीका प्रमुख गणेश यादव लगायत सञ्चारकर्मी, सेवाकेन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

थप समाचार