Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ५ का वडाध्यक्ष बानियाँले सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स दिने

IMG_20191223_185451-1577106621.jpg

७पुस,हेटौंडा।जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ।जनताले अमुल्य मत दिएर जिताएका जनप्रतिनिधि बास्तबमै जनताप्रति उत्तरदायी हुनुपर्ने बन्ने कुुुराको गतिलो प्रमाण बनेेेका छन् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजेश बानियाँ।

वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने   सम्झौतापत्र बुझाएपछि जनताप्रति उत्तरदायी रहेको कुरा प्रमाणित गरिदिएका हुन्।  

बानियाँले सोमबार  हेटौंडा ९ मा रहेको सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा एक कार्यक्रमको आयोजना गरी हेटौंडा नगर प्रमुख हरि बहादुर महतको उपस्थितीेमा  हस्ताक्षर गरी उक्त सम्झौता पत्रमा हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स सेवाबाट कोही पनि बन्चित नहोस र प्रहरी र जन्तको कदर स्वरूप आफ्नो हजुरबुबा चेतसिंह बाँनिया र बुबा विरेन्द्रबहादुर बाँनियाको स्मृतिमा बानियाँ सहित उनका दाजु  रविनकुमार बानियाँ र  रमेशकुमार बानियाँ मिलेर एम्बुलेन्स खरिद सामुदायिक सेवा केन्द्रलाई दिन लागेको  बाँनियाले बताएका छन्।

एम्बुलेन्स खरिद सम्झौतापत्रमा एम्बुलेन्सदाता तथा वडा नम्बर ५ का वडाध्यक्ष राजेश बाँनिया, हेटौंडा नगर प्रमुख महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, ३ नम्बर  प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्ठले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन।

सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९का अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा नगर प्रमुख हरि बहादुर महत,   प्रजिअ नारायण प्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, वडा ८का अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्र निवर्तमान अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष विनोदचन्द्र लामिछाने लगायतकाले वडाध्यक्ष बानियाँको सहयोग सम्मानयोग्य भएको बताएका छन्।  कार्यक्रममा हेटौंडा ९ का अध्यक्ष लक्ष्मण भण्डारी, १५ का अध्यक्ष महारत्न लामा, हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कंडेल, सशस्त्र प्रहरी  १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मकवानपुरका युवा नेता तथा व्यवसायी आनन्दराम पराजुली, सीताराम बर्तौला, डिडिसीका प्रमुख गणेश यादव लगायत सञ्चारकर्मी, सेवाकेन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार