Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ज्वालाले 'तस्कर' संग भेट गरेको विप्लवको आरोप

Biplop11-1577333116.jpg

१० पुस, हेटौँडा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन मकवानपुर इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ लाई 'तस्कर' संग व्यक्तिगत भेटघाटको आरोप लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी नारायणी व्युरो इन्चार्ज शितलको नाममा जारी भएको विज्ञप्तिमा उनी पार्टीको योजना बाहिर तस्करसंग व्यक्तिगत भेटघाटमा जाने क्रममा २०७५ चैतमा पक्राउ परेको जनाईएको हो ।
विज्ञप्तिमा ८ महिना जेलमा रहँदा समेत ज्वालाले पार्टी नीति र अनुशासन बाहिर गई पार्टी र व्यवसायीहरुलाई असर पर्ने गरी आर्थिक छलफल (चन्दा संकलन) गरेको आरोप लगाईएको छ । पार्टीको नीति र अनुशासन बाहिर गएको भन्दै उनलाई नेपाल कम्युनिष्ट पार्टीको कुनै पनि निकायमा नरहने गरी निस्कासन गरेको जनाईएको छ । विज्ञप्ति कहिले जारी गरिएको भन्ने मिति भने उल्लेख छैन । विप्लवका तत्कालिन इन्चार्ज ज्वालासहित ३ जनाले यसअघि नै पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र जीवनयापन गर्ने जनाईसकेका छन् । ज्वाला भीमफेदी कारागारबाट धरौटिमा रिहा भएको भोलीपल्ट पुस ६ गते नै विज्ञप्ति आईसकेको छ । 
त्यसपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना तत्कालिन जिल्ला जनसरकार प्रमुख एवं सचिवालय सदस्य राजकुमार पाख्रिनलाई पार्टीमाथि गद्धार गरेको र ज्वालालाई तस्करसंग व्यक्तिगत लाभका लागि भेटघाटको आरोप लगाउँदै निस्कासन गरेको जनाएको छ ।

Jwala-1577333117.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार