Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सांसदहरुले दिए हेटौँडाको पक्ष र विपक्षमा धारणा

Bijaya-1578487251.jpg

हेटौँडाको पक्षमा धारणा राख्दै सांसद विजया श्रेष्ठ केसी

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा बुधबार सांसदहरुले हेटौँडाको पक्ष विपक्षमा धारणा राखेका छन् । दिउँसो ३ बजे शुरु भएको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथि छलफल गर्दै उनीहरुले हेटौँडाको पक्ष र विपक्षमा धारणा राखेका हुन् । 
प्रदेशसभा बैठकमा नेपाली कांग्रेसकी विजया श्रेष्ठ केसी, गिता वाग्ले, बलराम पौडेल, नेकपाका सांसद विजय सुवेदी, राप्रपाकी सांसद रिता माझीले हेटौँडाको पक्षमा धारणा राखेका छन् । उनीहरुले रणनीतिक महत्व, ऐतहासिक कारण, सुरक्षा रणनीतिका आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय गरेको भन्दै हेटौँडा नै उपयुक्त हुने बताएका थिए । उनले नेताको हितमा भन्दा पनि जनताको हितमा रहेको निर्णय गर्दा हेटौँडाको पक्षमा निर्णय गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नेकपाका सांसद रत्न ढकाल, बसुन्धरा हुमागाई, शान्तिप्रसाद पौडेल, चन्द्र लामा, नेपाली कांग्रेसका नरोत्तम बैद्य लगायतले काभ्रे पूर्वाधार, केन्द्री राजधानीसंगको निकटता, भौगोलिक कारण जस्ता विषयले राजधानीका लागि उपयुक्त हुने भएकाले यसकै पक्षमा निर्णय हुनुपर्नेमा जोड दिए ।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णलाल भडेल र शशीजंग थापाले भक्तपुर सबैभन्दा उपयुक्त भएकाले राजधानी घोषणा गर्न सुझाव दिए । सांसद भडेलले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय गरेका प्रदेश प्रमुख फेर्न सक्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रदेशको राजधानी हेटौँडाबाट सार्ने ताकत छ भन्दै प्रश्न समेत गरे । उनले राजधानीको नाम चाँगुनाराण हुनुपर्नेमा जोड दिए ।
बैठकमा प्रदेशसभा सदस्यहरु विशाल खड्का, प्रतिमा श्रेष्ठ, मिना ज्ञवाली, रमा आले लगायतले प्रतिवेदनले दिएका सुझावका आधारमा उपयुक्त जिल्लालाई प्रदेशको राजधानीको रुपमा लिनुपर्नेमा जोड दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार