आफ्नो धारणा राख्दै सांसद बसुन्धरा हुमागाई ।
२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशमा बुधबारबाट प्रदेश राजधानी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।
छलफलमा बुधबार २१ जनाले धारणा राखेका छन् । धारणा राख्ने क्रममा अधिकांश सांसदले ढिलो गरी राजधानीको विषय प्रवेश गरेको भएपनि स्वागत गरेका थिए । उनीहरुले जनताको हितलाई ध्यानमा राखी उपयुक्त निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।
त्यसैक्रममा धारणा राख्न रोष्टममा पुगे काभ्रेका सांसद बसुन्धरा हुमागाई । उनले ३ नम्बर प्रदेशको राजधानी काभ्रे बनाउन धेरै हिसावले उपयुक्त छ भन्दै तथ्य प्रस्तुत गरेका थिए कर्मचारीदेखि मन्त्रीसम्मलाई सुविधा हुने, जनतालाई समेत सुविधा हुने जस्ता उदाहरण प्रस्तुत गर्दै प्रतिवेदनले पनि काभ्रेलाई उत्कृष्ट देखाएको समेत उनले बताएका थिए ।
जब उनले आफ्नो धारणा अन्त्य गर्दै थिए उनले भने–‘स्थायी राजधानी एक पटक तोक्ने हो, सधैभरी हाम्रो भावी पुस्ताले गाली गर्ने ठाउँमा सही नगरौं, ठिक ठाउँमा तोकेछ भन्ने वातवरण तयार गरौं, अन्त्यमा नारायण गोपालको गित स्मरण गर्दछु, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ ।’ उनले यति भनेर मन्तव्य सके लगतै संसदमा हाँसोको फोहरा छुट्यो । सांसददेखि दर्शक र पत्रकारसम्म उनको कुराको मर्म बुझ्र हास्दै थिए ।
उनको यो भनाई अर्थपूर्ण छ । काभ्रेका पक्षमा रहेका उनीहरु नेकपा सचिवालय बैठकको निर्णय पछि हेटौँडाको पक्षमा मतदानमा सहभागी हुनुपर्ने अवस्थामा रहेकाले यस्तो धारणा राखेका हुन् ।
यस्तै संसदमा बोल्दै नेपाली कांग्रेसका सांसद पुकार महर्जनले नेकपाको सचिवालय निर्णयले पहिचानलाई ‘धोति’ लगाई दिएको बताए । दुई तिहाई बहुमत रहेको नेकपाको सचिवालयको निर्णयका कारण राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन छलफल गर्नुको अर्थ समाप्त गरेको बताए । सशस्त्र द्वन्दका क्रममा पहिचानका लागि जनतालाई ज्यानको आहुति दिन लगाएको र अहिले पहिचानलाई वेवास्ता गरिएको बताए । उनले प्रदेशसभाका सांसदहरुलाई ‘बुख्याचा’ बनाउन खोजेको भन्दै आपत्ति जनाए ।
प्रदेशसभामा बोल्न बाँकी रहने सदस्यहरुले विहिबार पनि धारणा राख्नेछन् । बैठक विहिबार दिउँसो ३ बजे बस्ने भएको छ ।
यो पनि पढ्नुस्
सांसदहरुले दिए हेटौँडाको पक्ष र विपक्षमा धारणा
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



