Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजधानीको निर्णय हुँदै गर्दा मूख्यमन्त्री पौडेलको बढ्यो साख

DM-1578755357.jpg

२६ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे औपचारिक निर्णय हुँदै गर्दा मूख्यमन्त्री डोरमणी पौडेलको साख बढेको चर्चा सर्वसाधारणमा छ । आइतबार प्रदेशको स्थायी राजधानी र नामकरण हुँदै गर्दा पौडेलको राजनैतिक साख बढेको हो । 
दुईबर्षदेखि प्रदेशको स्थायी राजधानी र नामकरण ल्याउन नसकेको भन्दै अनेक अपजस खेप्दै आएका मूख्यमन्त्री पौडेललाई स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले समेत धन्यवाद दिए । उनले संसदमा धारणा राख्दै भने–‘राजधानीबारे निर्णय नगर्दा कहिले झोक चल्थ्यो र रिस उठ्यो, तर मूख्यमन्त्री ज्यूको धैर्यता, सहनशिलता, लगनशिलता, हिम्मत र निर्णय गर्ने क्षमताप्रति रेड स्यालुट गर्दै बधाई दिन चाहन्छु ।’ 
यसअघि पटक–पटक प्रदेश ३ मा दुई तिहाई रहेको नेकपाले राजधानी र नामकरण गर्न नसकेको भन्दै नेकपाभित्रै र अन्य दलबाट मूख्यमन्त्री पौडेलको कार्यक्षमता र निर्णय क्षमतामा प्रश्न उठ्दै आएकोमा प्रश्न गर्नेहरुले अहिलेको निर्णयसंगै त्यसको जवाफ प्राप्त गरिसकेको नेकपाका एक सांसद बताए । ‘धेरै कुरा गर्ने बेला अहिले हैन, तर यसअघि मूख्यमन्त्रीलाई अपजस दिनेले थाहा पाए कि फलको स्वाद लिन पाक्नै पर्छ ।’–उनले भने–‘मूख्यमन्त्री ज्यूले राजधानी र नामकरणको आफ्नो जिम्मेवारी पुरा गर्नुभएको छ ।’ मूख्यमन्त्री पौडेललाई मूख्यमन्त्री पदसंग राजधानी काभ्रेसंग साटेको आरोप समेत लाग्दै आएको थियो । कतिपय अवस्थामा उनले आफुलाई पदको कुनै मोह नभएको स्पष्टिकरण समेत दिनुपर्ने अवस्था आएको भन्दै नेकपाका अर्का सांसदले भने समयले यसलाई प्रष्ट बनाई दिएको छ । 
आफ्नो कार्यकालमा आन्तिक पार्टी राजनीतिमा प्रतिकुल अवस्थामा प्रदेशको राजधानी हेटौँडा र नामकरण बागमतिलाई निर्णयमा पुर्याउँदा मूख्यमन्त्री पौडेलको राजनैतिक साख बढेको चर्चा राजनैतिक बृत्तमा समेत सघन बनेको छ ।
यो पनि पढ्नुस्
प्रदेश-३ मा नेपाली कांग्रेसको रणनीतिक जीत


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार