Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रुद्र पाख्रिन र दिलमाया योञ्जनलाई सम्झदै भक्कानिए ‘अभागी सांसद’ (भिडियोसहित)

Prem-Tamang-1578789918.jpg

२७ पुस, हेटौँडा । प्रदेशसभामा शनिबार प्रदेशको नामकरणबारेको छलफल चल्दै गर्दा एक सांसदले आफुलाई ‘अभागी सांसद’को रुपमा प्रस्तुत गर्दै भावुक धारणा राखे । 
यसअघि आफुहरुलाई पहिचान र अग्राधिकारको लागि १० बर्षे सशस्त्र द्वन्दमा होमाईएको र अहिले त्यही मुद्धा त्यो पार्टी (माओवादी) ले छोडेको भन्दै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले भावुक मुद्रामा आफ्नो धारणा राखे । उनले द्वन्दका क्रममा ज्यानको बलिदानी दिएका रुद्र पाख्रिन र दिलमाया योञ्जनको सपनालाई स्मरण गर्दै आफुले पहिचानको लागि लड्न खोज्दा साथ नपाएको गुनासो गरे । 
तत्कालिन माओवादीले पहिचानको मुद्धा उठाएपनि शनिबार प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्न आफुले दुई जना समर्थक नपाएको गुनासो गरे । दुई जना समर्थक नपाउँदा उनको प्रस्ताव दर्ता हुन सकेको थिएन । आफ्नो मन्तव्यका क्रममा उनको गला समेत अवरुद्ध भएको थियो । 
‘यो सदनमा अग्राधिकार र आत्मनिर्णय अधिकारको कुरा गरेर नथाक्ने ‘राता मान्छे’ हरुको भिड छ तर त्यो उत्पिडित, जाती बर्ग क्षेत्रको आवाजलाई यो सदनमा दर्ज गर्नको निमित्त आज ति मान्छेहरुको एउटा प्रतिनिधिले समर्थक पाएको छैन ।’–उनले भने–‘ फेरी पनि म यो सदनमार्फत ति जनताहरुलाई अनुरोध गर्न चाहन्छु, बेईमान, मुर्ख र ध्रुतहरुले दोबाटोमा छोडेको तपाई सहिदहरु, उत्पिडित बर्ग र क्षेत्रको नासोलाई आज प्रेम तामाङले मुटुमा राखेको छ ।’
हेर्नुस् भिडियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार