Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राजधानी र नामकरणमा सहयोग गर्ने सबैलाई बानियाँको आभार

Indra-Bdr-Baniya-1578844284.jpg

२७ पुस, हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौँडा र नामकरण बागमती कायम गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
संचारमाध्यममार्फत उनले प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले अन्ततः राजधानी हेटौँडा र नामकरण बाग्मति कायम भएको भन्दै प्रदेशसभामा आइतबार भएको मतदानले हेटौँडा राजधानी राख्ने मन र मनसाय सबैको रहेछ भन्ने प्रष्ट भएको समेत जनाएका छन् । उनले राजधानी हेटौँडा र नाम बागमती सबैको साझा भएको जनाएका छन् । 
उनले यो निर्णयसम्म आईपुग्दा २ बर्ष अघि प्रदेशको अस्थायी राजधानी हेटौँडा तोक्ने तत्कालिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति आदरणीय शेरबहादुर देउवा नेतृत्वको सरकार, राजधानीलाई स्थायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने माननीय मूख्यमन्त्री डोरमणी पौडेल, मतदानमा सहभागी हुने प्रदेशसभा सदस्यहरु र यसमा प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्ने मकवानपुरबासीसहित प्रदेशबासीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले अभार व्यक्त गरेको जनाएका छन् । उनले अबको यात्रा प्रदेश विकासको हुने र यसका लागि सबैको सहमति, सहकार्य र एकताको शुभकामना समेत व्यक्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानेले पनि विज्ञप्ति जारी गर्दै अधिकतम सहमतिमा दुई तिहाई बढि मतले राजधानी हेटौँडा र नामकरण बागमती कायम भएकोमा स्वागत गर्दै प्रदेशसभा सदस्यहरु र राजनैतिक दलहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
कांग्रेस मकवानपुरको विज्ञप्ति यस्तो छ

NC-1578844344.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार