Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सहिद दिवसमा राष्ट्रपति हेटौँडा आउने, यस्ता छन् साताव्यापी कार्यक्रम

Bidya-devi-1579793437.jpg

File Photo

९ माघ, हेटौंडा । मकवानपुरमा सप्ताहब्यापी रुपमा मनाईन लागेको सहिद दिवसको विबिध कार्यक्रमको तयारी पूरा भएको छ । माघ १० गते बिहान ७ बजे सहिद सप्ताहको शुभारम्भ पद यात्रा गरेर कार्यक्रमको औपचारिक शुरुवात हुने भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट सुरु हुने पदयात्रामा सहिद स्मारकमा गएर सम्पन्न हुने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एबम् स्मारक बिकास समितिका सदस्य रघुनाथ खुलालले जानकारी दिए । माघ १० गते नै ११ बजे मकवानपुरगढी दरवारमा २५७ औ विजय उत्सव मनाउने कार्यक्रम रहेको छ । मकवानपुर गढीमा पनि मुख्यमन्त्री पौडेलले झण्डोतोलन गर्नुका साथै सेतो हात्तिको मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ ।
माघ ११ गते बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम, दिउँसो १२ः३० बजे कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना हुने भएको छ ।
माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रीक पार्कको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । माघ १४ गते नै बिभिन्न २० वटा देशका राजदुतहरु समेत कार्यक्रममा सहभागी हुने स्मारक बिकास समितिले जनाएको छ । माघ १५ गते साहित्यीक गजल वाचन कार्यक्रम र माघ १६ गते मुल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम सम्पन्न गरिने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार