Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढी दरबारमा २५७ औं विजय उत्सव सम्पन्न

Gadhi2-1579864519.jpg

१० माघ, हेटौंडा । मकवानपुरमा रहेको पर्यटकीय एवं ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा शुक्रबार २५७ औं विजय उत्सव मनाईएको छ । विक्रम सम्बत १८१९ माघ १० गते बंगालका नबाव मीर कासिमको फौजलाई पृथ्वीनारायण शाहको फौजले पराजित गरेको सम्झनामा विजय उत्सव मनाईएको हो ।
विदेशी सेनाविरुद्ध प्राप्त पहिलो विजयकै कारण नेपाल एकिकरणको अभियान अघि बढेकाले केही बर्षदेखि मकवानपुरगढीमा विजय उत्सव मनाउन थालिएको छ । विजय उत्सव कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले देश अहिले आर्थिक समृद्धिको अभियानमा अघि बढेको भन्दै सबैले उत्पादनमा जोडिनुपर्ने सुझाव दिए । उनले कृषि र पर्यटनलाई संगै जोडे मात्रै समृद्धि सम्भव हुने भएकाले मकवानपुरजस्तो ऐतिहासिक क्षेत्रमा पर्यटन प्रवद्धन गरी लाभ हासिल गर्नुपर्ने बताए ।
मूख्यमन्त्री पौडेलले ५१ फिटको राष्ट्रिय झण्डा झण्डोतोलन गरेका थिए भने एकदन्ते सेतो हात्तिको मूर्ति अनावरण गरेका थिए । कार्यक्रममा परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठ, संघीय संसद अन्तरगतको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईल र २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिनले मकवानपुरगढीको ऐतिहासिक महत्व रहेकाले यसको संरक्षण र प्रवद्धनमा संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली सेनाको पुरानो गोरख गण, हेमकर्ण सामुदायिक वन समूह, संचारकर्मी, जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिताका विजेता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको प्रस्तुति, तामाङ नृत्य र लोकगित र दोहारी प्रस्तुत गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार