Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पर्यावरणमैत्री विकासमा राष्ट्रपति भण्डारीको जोड

B1-1580208677.jpg

१४ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न पर्यावरणमैत्री विकासमा जोड दिएकी छिन् ।

हेटौँडामा सहिद सप्ताहको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा पर्यावरणमा प्रतिकुल प्रभाव परेकोले जलवायु परिवर्तन भई जैविक विविधता संकटमा परेको बताईन् । उनले चुरे क्षेत्रमा रहेको जीव र बनस्पतिको संरक्षणका लागि वातावरणीय सन्तुलन कायम गर्नुपर्ने खाँचो औल्याईन् । उनले सहिदहरुबारे अध्ययन गर्नका लागि स्मारक महत्वपूर्ण थलो बन्ने बताईन् । उनले समृद्धिको अभियानमा जुट्न प्रदेश सरकार सक्षम हुने समेत विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारीको पूर्णकदको सालिक र सहिद स्मारकको रजत महोत्सव स्तम्भ अनावरण गर्नुका साथै सहिद स्मारकमा सहिदहरुप्रति पुष्पगुच्छा अर्पण गरेकी थिईन् । त्यस्तै, स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपाने, स्मारकका पहिलो उपभोक्ता समितिका अध्यक्ष हरिशरण सुवेदी,  मूर्तिकारहरू कमलेश महर्जन, गोविन्द चौधरी, पृथ्वी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवं मूख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, मन्त्री अरुण नेपाल, स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना लगायतले सहिदहरुको सपनालाई साकार पार्न समृद्धिको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार