Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले बाँड्यो पञ्चकन्याका विद्यार्थीलाई न्यानो कपडा

Sweater-1580310717.jpg

१५ माघ, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ टाहाखेलस्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जाडो मौसममा कठ्याङ्ग्रिदै विद्यालय जान बाध्य बालबालिकालाई लक्षित गरी नेपाली कांग्रेस थाहा नगर समितिको आयोजनामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको संयोजनमा ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति न्यौपानेले जाडो मौसममा न्यानो कपडाको अभावमा विद्यालय आउनेको संख्या घटेको र सहयोगको आवश्यक भएको जानकारी पाएपछि न्यानो कपडा वितरण गरिएको बताए । थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सामुदायिक विद्यालयमा शैक्षिक सुधार आवश्यक भएको औल्याउँदै नगरपालिकाले शैक्षिक सुधार र पूर्वाधार निर्माणमा विद्यालयलाई सहयोग गर्ने जानकारी दिए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युद्धबहादुर थोक्करको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस थाहा नगर समितिका सभापति योगेन्द्रमान श्रेष्ठ, काँग्रेसका युवा नेता प्रमोद जोशी, विद्यालयका प्रधानाध्यापक रमेशकुमार लामाले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि चुनौतीपूर्ण बन्दै गएको बताए । कार्यक्रममा कांग्रेस थाहा नगर उपसभापति भरत गोपाली, सचिव राममाया खत्री, नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिका सचिव केपी मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
२०३५ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको र ३१ जना विद्यार्थी अध्ययनरत छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार