१७ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले हेटौंडा आउने सडक सुधार गर्न सरकारसंग माग गरेका छन् ।
शुक्रबारको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रजनी अमात्य जोन्छेले काठमाडौंबाट हेटौंडा आउने सडकको अवस्था निकै कमजोर रहेको बताईन् । उनले प्रदेश राजधानी आउने कमसेकम एउटा सडक स्तरीय बनाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराईन् ।
सांसद गणेश दुलालले पनि सडकको खाल्डाखुल्डीले निकै समस्या बनाएको बताए । उनले ज्येष्ठ नागरिकहरु कसरी यात्रा गर्छन् भन्दै सडक सुधारका लागि ध्यानाकर्षण गराए । सांसद योगेन्द्र राज संग्रौलाले हेटौंडा आउने सडक धेरै भएपनि एउटा पनि स्तरीय नभएको बताए । उनले जनताबाट राजधानी आउने बाटो यस्तो अवस्थामा हुनु नसुहाउँदो भएको गुनासो आएको भन्दै सुधारको माग गरे ।
साउनामा दम्पत्तिको मृत्युबारे छानविन गर्न माग
बैठकमा प्रदेशसभा सदस्यहरुले ललितपुरमा साउना बाथ गर्ने क्रममा हस्त गर्बुजा मगर दम्पत्तीको मृत्यु भएको घटनाको छानविनको माग गरेका छन् । सांसद छिरिङ दोर्जे लामाले साउना बाथमा ग्याँस गिजरका कारण मगर दम्पत्तिको मृत्यु र दामनस्थित होटलमा पनि पर्यटकको मृत्यु हुनुमा व्यवसायीको चरम लापरवाही भएको भन्दै छानविन र अनुगमनको माग गरे । सांसद मैया आछामीले साउना बाथमा दम्पत्ति मृत्यु प्रकरणमा आएको रिपोर्टप्रति आपत्ति जनाउँदै सत्यतथ्य छानविनका लागि प्रदेश सरकारसंग माग गरिन् ।
बैठकको शुन्य समयमा १४ जना सांसदहरुले धारणा राखेका थिए ।
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)






