Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कांग्रेस संसदीय दलका उपनेता गच्छदार निलम्बित, ३ मन्त्रीसहित १७५ विरुद्ध मुद्धा

Gachchhadar-1580915338.jpg

२२ माघ, काठमाडौं । नेपाली कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । 
मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यसअघि, बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा गराउन भूमिका खेल्ने तत्कालीन ३ मन्त्री र ३ सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा बनाउन सहयोग पुर्याउने गरी नीतिगत निर्णय गराउने तत्कालीन मन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, तत्कालीन सचिवहरु दिनेशहरि अधिकारी, दीप बस्न्यात र छविराज पन्तविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 
मुद्दा दायर भएका गच्छदार, श्रेष्ठ, पूर्व सचिवहरु पन्त र दीप बस्न्यातसँग जनही ९ करोड ६५ लाख ७६ हजार, पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीसँग जनही ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारले भ्रष्टाचारको मुद्दा दायर भएकोमध्ये १ सय १० जनालाई जग्गा जफत तथा जरिवानाको लागि पनि मुद्दा दायर गरिएको छ भने बाँकी ६५ जनाविरुद्ध भने जग्गा जफत गर्ने मागदाबी मात्रै गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार