Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्छः मुख्यमन्त्री पौडेल

86171738_608626959991631_-1581426037.jpg

२८माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा सुशासन कायम हुन भष्ट्रचारको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसको अवसरमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडा स्थित कार्यालयको आयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भष्ट्रचार सबै क्षेत्रमा रहेको भष्ट्रचारबाट कुनै पनि निकाय चोखो नरहेको भन्दै देशमा समृद्धि ल्याउनको लागि सुशासन चाहिने र सुशासन कायम गर्न भष्ट्रचारको अन्त्य हुनुपर्ने बताए । 
“हामीले मनबाट भष्ट्रचार नगर्ने प्रतिबद्धता व्यक्त गरी भष्ट्रचारका नाममा यदाकता पूर्वाग्राही तरिकाले हुने गरेको गलत कदम बन्द गरिनुपर्छ” मुख्यमन्त्री पौडेलले बताए । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा चितवनका सिटीजन जुरीका अध्यक्ष भीमबहादुर श्रेष्ठ,जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश प्रमुख सचिव तोयम राय, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट,आयोगका सिनियर डिभीजन इन्जिनियर अखण्ड शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, मकवानपुरका विभिन्न सरकारी कार्यालयका प्रमुख, बारा,पर्सा र चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पछिल्लो समय उजुरी दिने र मुद्दाको दर्ता वृद्धि भई असार मसान्त देखि हाल सम्म ८४१वटा मुद्दा दर्ता भएको कार्यक्रम मार्फत जानकारी गराईएको छ  भने स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न  प्रतियोगितामा  विजेता भएकालाई सम्मान गरिएको थियो ।
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार