२८ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा मंगलबार प्रदेशसभामा ललिता निवासदेखि पशुपतिको झल्लरसम्मको चर्चा चलेको छ । प्रदेशसभा भवन हेटौंडामा बसेको बैठकमा सांसदहरुले ललिता निवास जग्गा प्रकरणबारे चर्चा गरेका हुन् ।
बैठकमा बोल्दै प्रदेशसभा सदस्य मिना ज्ञवालीले ललिता निवास जग्गा प्रकरणका दोषीमाथि मुद्धा दायर गरेको प्रति सरकारलाई धन्यवाद दिईन् । बैठकमा प्रदेशसभा सदस्य रमेश पौड्यालले ललिता निवास प्रकरणमा कार्यकारी सरकारको छायाँमा अख्तियार परेको भन्दै अख्तियारको अहिलेको मुद्धा दायरको तरिकाले चोरेको सामान फिर्ता गर्ने छुट भन्ने गलत सन्देश गएको बताए । उनले सरकारवादी मुद्धा फिर्ता हुने अवस्था आएको पनि बताए । प्रदेशसभा सदस्य विजय श्रेष्ठ केसी र रजनी अमात्य जोन्छेले भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने बताउँदै पूर्वाग्रही प्रवृत्तिको विरोध गरे । उनीहरुले ललिता निवास प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारलाई मुद्धा लाग्दा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्धा दर्ता भएन भन्दै प्रश्न गरेका थिए ।
सांसद नरोत्तम बैद्यले पशुपतिनाथ ‘सोसलिष्ट’ को संज्ञा दिए । सादा ‘सोसलिष्ट’ शैली को पशुपतिमा सुनको झल्लर राखेर सामान्ती बनाउने प्रयास भईरहेको भन्दै विरोध गरे । बैठकमा सांसदहरुले विकास बजेट खर्च नभएको भन्दै आपत्ति जनाए । स्थानीय तहमा भ्रष्टाचार बढिरहेको र यसको निगरानी गर्ने सार्वजनिक लेखा समितिलाई बास्तविक मर्म अनुसार गठन नगरिएको समेत आवाज उठेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



