भीमसेन पौडेल
२ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासमा सहयोग गर्ने बताएका छन् ।
सालक पार्कमा शुक्रबारदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले पर्यटनको विकासका लागि प्रदेश सरकारले योजनाहरु अघि बढाईरहेको बताउँदै पार्कमा समेत सहयोग हुने बताए । लोपोन्मुख सालकको संरक्षणसंगै पर्यटन प्रर्वद्धनमा सालक पार्कले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले सालक पार्कको क्षेत्र विस्तारमा अघि बढ्न आग्रह गरे ।
उनले यस क्षेत्रमा सालक पार्कसंगै, मकवानपुरगढी, जुरेथुम, गुम्बाडाँडा जस्ता पर्यटकीय क्षेत्रमा सरकारले बजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले राजनीति र धर्म दुबैले समाज परिवर्तनमा जोड दिएको भन्दै समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवं चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा–१७ का अध्यक्ष भैरवबहादुर राई, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष केशव धिताल, स्वामी आनन्द सागर, अधिवक्ता घनप्रसाद गौतम, संकल्पकर्ता उद्धव शर्मा, समूहकी उपाध्यक्ष कल्पना पराजुली, पण्डित बासुदेव बत्स लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि, महायज्ञस्थलबाट शुरु भएको कलशयात्रा बंशगोपाल मन्दिर चौघडा पुगेर पुनः महायज्ञस्थलमा पुगी टुंगिएको थियो ।
फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गर्ने जनाईएको छ । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञ हुन लागेको आयोजकले जानकारी दिएको छ । महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



