Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मुख्यमन्त्रीको ‘मापसे’ भोज सामाजिक संजालमा भाइरल !

CM1-1581911521.jpg

५ माघ, काठमाडौं । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राज्य र समाजमा नयाँ मूल्य–मान्यता र सुशासनको अपेक्षा आम रूपमा गरिएको थियो । तर, जनताप्रति जवाफदेही बनाउने गरी शक्तिको बाँडफाँड भएपनि त्यहाँ निर्वाचित भई कार्यभार सम्हाल्नेहरूले क्रियाकलापले भने संघीय प्रणाली थप जटिलतातिर जाने र कतै बद्नाम नै हुने त होइन भन्ने आशंकासमेत सिर्जना भएको छ ।
प्रसंग हो, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको । संघीय सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको, संघीयताको मर्मअनुरूप नचलेको र संघीयतालाई देखावटी माध्यम बनाएर असफल पार्ने प्रयत्न गरिएको भनी बारम्बार बताइराख्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्नै हर्कतका कारण सामाजिक सञ्जालमा यतिखेर चर्चामा छन् । उनले गरेको मदिरापान पार्टी सार्वजनिक भएपछि सकारात्मक सन्देश दिएको छैन । मुख्यमन्त्री जस्तो जिम्मेवार र संघीयता कार्यान्वयनको सन्देशसमेत दिने उत्तरदायित्वसमेत रहेको पदाधिकारीले यस्ता खालको क्रियाकलाप गर्दा कस्तो खालको सन्देश जान्छ भन्ने कुरामा विचार नपुर्याएको समाचार साँघुमा छ । हातमै रक्सीको बोतल लिएर मापसे पार्टी गरेको भिडियो सार्वजनिक हुँदा नेकपाको जिम्मेवार नेता तथा मुख्यमन्त्रीलाई नसुहाउने तर्क अहिले सामाजिक संजालमा गरिएको छ । हालै ११ बुँदे आचारसंहित जारी गरेको नेकपाका नेता समेत रहेका मुख्यमन्त्री गुरुङको यस्तो गतिविधि सामाजिक सञ्जालमा भाईरल भएको छ । 
मुख्यमन्त्रीको निजी सचिवालयको  ध्यानाकर्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै मदिरापान गरे भन्ने विषयमा आएका समाचारप्रति मुख्यमन्त्रीको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले २०७६ फागुन ४ गते  विज्ञप्ति जारी गरी मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटा र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन भएको र सोही अवसरमा जेठानका परिवार बेलायतबाट आएकाले मुख्यमन्त्री निवासमा पाहुनाको खानाको प्रबन्ध एवं पारिवारिक जमघटमा रहेका तस्बिरलाई अतिरञ्जित गर्नु विडम्बना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार