Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अविश्वास प्रस्तावको चेतावनीपछि पछि हटे मूख्यमन्त्री

DM-1581922718.jpg

५ फागुन, हेटौंंडा । माघ २९ गते नेकपाका प्रदेश सांसद रामेश्वर फुँयालले बागमती प्रदेशको भौतिक तथा योजना मन्त्रीको शपथ लिने कार्यक्रम तय भएको थियो।

फुयाँललाई मन्त्री नियुक्त गरेपछि शपथका लागि मुख्यमन्त्री डोरमणी पौडेलले तयारी गरेका थिए । नेकपा बागमती प्रदेशका प्रमुख सचेतक फुयाँल पनि शपथका लागि तयार थिए । अन्तिम अवस्थामा आएर उनको शपथ रोकिन पुग्यो । त्यसको प्रमुख कारण थियो— पार्टीभित्रको आन्तरिक विवाद । श्रोतका अनुसार बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएपछि फुँयालको शपथ रोकिएको हो । छलफल र सहमति गरेर मात्रै मन्त्री नियुक्त गर्न शाक्यले गरेको आग्रहलाई मुख्यमन्त्री पौडेलले नटेरेपछि शाक्यले चेतावनी दिएको श्रोतले बतायो । तीन नम्बर प्रदेश सरकारमा अहिले एक जना पनि महिला मन्त्री छैनन् । यसपालि मन्त्रिमण्डलमा महिला सहभागी गराउनु पर्छ भन्ने शाक्यको धारणा थियो ।

मुख्यमन्त्री पौडेलले आफ्नो आग्रह नमान्ने देखेपछि शाक्यले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत यसबारेमा जानकारी गराएकी थिइन् । श्रोतका अनुसार प्रचण्डले शाक्यलाई साथ दिएका थिए भने प्रधानमन्त्री ओली मौन रहेका थिए । प्रदेश पार्टी कमिटीबाट चर्को दबाब आएपछि र केन्द्रबाट समेत साथ नपाएपछि मुख्यमन्त्री पौडेल पछाडि हटेका हुन् । समय तय भएर पनि किन रोकियो तपाईंको शपथ भन्ने जिज्ञासामा फुयाँलले आफू ‘कठिन यात्रामा रहेको र यसमै रमाउने’ बताए।

‘हुन्छ हुन्छ जस्तो हुन्न जस्तो, फेरी हुन्छ जस्तो राजनीतिमा यस्तो चलिरहन्छ। मन्त्रीको छनोट भएको छ भन्ने सुनेको छु। प्रदेश प्रमुखको कार्यालयबाट सूचना आएको छैन। तसर्थ म धैर्यतासाथ कुरिरहेको छ,’ फुयाँलले भने, ‘ रामेश्वर फुयाँल एउटा पेच किला हो। नेपाल कम्युनिष्ट पार्टीले जहाँ जोड्न उचित ठान्छ त्यही जोडिन्छ।’
साभार : सेतोपाटी

यो पनि पढ्नुस्
फुँयाल दोस्रो पटक ‘झण्डै’ मन्त्री, यस्तो छ कारण


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार