१३ फागुन,हेटौँडा। नेपाल मगर युवा संघ,नेपाल मगर महिला संघ र नेपाल मगर सांस्कृतिक संघ मकवानपुरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मगर संघको ३८ औं स्थापना दिवसको अवसरमा यही फागुन १५ गते विहीबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।
कार्यक्रम १५ गते विहीबार विहान ७ बजे बुद्धचोकमा हुने नेपाल मगर युवा संघ मकवानपुरका अध्यक्ष उपेन्द्र राना मगरले जानकारी दिए । विभिन्न समयमा रचनात्मक कार्यक्रम गर्दै आएको मगर संघले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष मगरले बताए । यसैगरी मगर संघको स्थापना दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति बाटिकामा सांस्कृतिक कार्यक्रमको आयोजना हुने अध्यक्ष भुपेन्द्र राना मगरले जानकारी दिए । सांस्कृतिक कार्यक्रम नेपाल मगर संघ हेटौंडा नगर समितिको आयोजना एवम प्रथम सहिद लखन थापा स्मृति बाटिकाको संयोजनमा हुने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल मगर संघ मकवानपुरका जिल्ला सचिव सन्देश तुम्सिङ मगर, नेपाल मगर महिला संघकी जिल्ला अध्यक्ष डेमिजा थापा मगर र नेपाल मगर संघ हेटौंडा नगर समितिका सविच सुवास थापा मगरको उपस्थिति रहेको थियो ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



