१५ फागुन, हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३० औं बार्षिकोत्सव मनाएको छ ।
हेटौंडा–१७ मा रहेको सालक पार्कमा भएको बार्षिकोत्सव कार्यक्रममा समूहद्वारा संचालित श्रीमदभागवत ज्ञान महायज्ञको हिसाव सार्वजनिककरण तथा सम्मान गरिएको थियो । कार्यक्रममा महायज्ञ सफल गर्न सहयोग गर्ने जनप्रतिनिधि, संचारकर्मी, विभिन्न उपसमितिका संयोजक, सदस्य, संघसंस्था लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महायज्ञमा ८६ लाख ५० हजार रुपैंया आर्थिक संकलन भएको थियो । जसमध्ये नगद संकलन ३३ लाख ४५ हजार र जिन्सी संकलन ५३ लाख ५ हजार रुपैँया संकलन भएको आर्थिक समितिका संयोजक एवं वन समूहका कोषाध्यक्ष राजन चौलागाईले जानकारी दिएका थिए । महायज्ञमा १९ लाख २५ हजार रुपैँया खर्च भएको चौलागाईले जानकारी दिए ।
मकवानपुरगढी वडा नम्बर २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष एवं महायज्ञ मूल समारोह समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौंडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना र भीमप्रसाद अधिकारी, सव–डिभिजन वन कार्यालय हर्नामाडिका प्रमुख गोविन्द अर्याल, समूहकी उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदार गौतम, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो समूह समुदायमा हस्तान्तरित मकवानपुरकै पहिलो सामुदायिक वन हो । जिल्ला वन कार्यालयले यस समूहलाई २०४७ साल फागुन १५ गते हस्तान्तरण गरेको थियो ।
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...



-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



