लागु औषध सहित पक्राउ परेकालाई सार्वजनिक गर्दै मकवानपुर प्रहरी
१५ फागुन, हेटौँडा ।मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागु औषध सहित ५ जनालाई पक्राऊ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी सहायक निरीक्षक राजेश कुमार यादवको चेकिङ् टोलिले पूर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा १९मा नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ३५३२ नम्बरको यात्रुवाहक बसलाई रोकि चेकजाँच गर्दा मकवानपुर कैलाश गाउँपालिका भार्ता निवासी ३२ बर्षीय शुशिल कुमार स्याङबोलाई ६ किलो लागु औषध गाँजासहित पक्राऊ गरेको छ ।
त्यसैगरीे बिहिबार बिहान हेटौडा – १५ अन्तर्गतको पूर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले बाराबाट हेटौँडा तर्फ आउदै गरेको ना ५ ख ५४२१ नम्बरको यात्रुवाहक बसमा चेकजाच गर्दा बारा जितपुर सिमरा वडा नम्बर–१ बस्ने ४५ बर्षीय महमद आलम देवानलाई लागूऔषध नाईट्रोभेट १४ ट्याब्लेट, विनरेक्स ८ पिस, सिम्प्लेक्स प्लस कयाप्सुल २४ पिस सहित पक्राऊ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलिले ना ६ ख ८९२ नम्बरको बसलाई चेकजाचका क्रममा हेटौँडा १६ हटिया बस्ने २४ बर्षीय दिनेश घलानलाई लागूऔषध ६ बोतल उईनरेक्स र हर्नामाडिका वर्ष २४ को रोशन मालबु को साथबाट १४ बोतल उईनरेक्स र चेकजाचकै क्रममा ना ६ ख १५३५ नम्बरको यात्रुवाहक बसबाट पर्सौनी –५ बस्ने बर्ष ३३ को मन्तोष ठाकुरलाई नाईट्रोभेट ७५ ट्याब्लेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त डिएसपि टिका बहादुर कार्कीले बताएका छन।पक्राऊ परेकालाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारवाही पक्रिया अगाडी बढाइएको डिएसपि कार्कीले बताए।
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...



-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



