२० फागुन, हेटौंडा । हेटौंडा–६ का बद्रीबहादुर पाठकले आफ्नो छोराको विवाहमा गर्ने भोजको खर्च शैक्षिक सहयोग कोषमा सहयोग गरेका छन् । छोरा रविन पाठक र बुहारी रूपा चौलागाईंको विवाह भोजको खर्च रकम शैक्षिक सहयोग अक्षय कोष नेपाल मकवानपुरलाई मंगलबार सहयोग गरेका हुन् ।
उनले विवाह भोजमा हुने खर्च बापतको रकम १ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ कोषलाई हस्तान्तरण गरेका छन् । सहयोग रकमको चेक पाठकका बुबा फत्तबहादुरले बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेका थिए भने मूख्यमन्त्री पौडेलले कोषका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले पाठक परिवारको कार्यको प्रशंसा गर्दै सबैले यसलाई अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले भोजभतेरमा हुने फजुल खर्चलाई कटौति गर्दै सामाजिक हितको काममा खर्चनुपर्ने बताए । ‘एक छाक खाना त सबैले आफ्नो घरमा खाने गरेका छन्, तर त्यो रकम यस्तो सामाजिक कार्यमा खर्च गर्दा यसले समस्यामा परेकाहरुलाई सहयोग पुग्छ ।’–उनले भने ।
विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यले स्थापना भएको कोषका सचिव समेत रहेका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण शिक्षा इकाई मकवानपुरका प्रमुख पाठकले सामाजिक सुधारको काम आफैंबाट शुरु गर्नुपर्छ भन्ने उद्धेश्यले भोजको रकम कोषमा सहयोग गरेको बताए । उनले पारिवारको सल्लाह अनुसार नै शैक्षिक सहयोग अक्षय कोषमा रकम हस्तान्तरण गरेको बताउँदै कोषमा सहयोगका लागि सबैसंग आग्रह गरेका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मकवानपुरका इन्जिनियर रहेका छोरा रविनले भोजको खर्च रकम सामाजिक हितमा खर्चिने परिवारको सल्लाह सकारात्मक रहेको भन्दै यसलाई सामाजिक सन्देशका रुपमा आफुहरुले प्रस्तुत गरेको बताए ।
कार्यक्रममा पाठक परिवार, चौलागाई परिवार, कोषका प्रतिनिधिहरु, संचारकर्मी र स्थानीय समुदायको सहभागिता रहेको थियो ।
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...



-nepal-1795226549.jpg)










_edit_12985189-1794274603.jpg)



