Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा मास्क पाइन छाड्यो, सिडिओ र उपभोक्ताबादी संस्था निदाए

touchmaster_1583654851740-1583655449.jpg

सुनिल शिवाकोटी
२५ फागुन, हेटौँडा।विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न सर्वसाधरणले मास्कको प्रयोग गर्न थालेका छन्।संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सरकार र स्वास्थ्यकर्मीले विभिन्न संचारमाध्यमबाट अनुरोध गरेसंगै मास्क प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।

पहिला कम बिक्ने मास्कको अहिले बिक्रि बढेको छ तर हेटौँडामा मास्क नपाइने गरेकोे सर्वसाधारणले गुनासो गरेका छन्।सर्वसाधारण मास्क किन्न पसलमा पुगेपनि मास्क नपाएर फर्कन बाध्य बनेका छन् ।हेटौंडा अधिकांश मेडिकल पसलले मास्क 'छैन' भन्दै फर्काउने गरेको सर्वसाधारणको  गुनासो रहेको छ । 'सरकार मास्क प्रयोग गर्न अनुरोध गर्छ तर हेटौंडाका पसलमा मास्क पाइदैन'- हेटौंडा-६ का दुर्गा घिमिरेले भने । उनले हेटौंडा बजारका मोडिकल पसलहरूमा गएर मास्क किन्न खोज्दा पनि मास्क नपाएको प्रष्ट खबरलाई बताए । घिमिरे त उदाहरण मात्र हुन उनि जस्ता कैयौं उपभोक्ता मास्क किन्न औषधि पसलमा पुग्छन् तर पाउदैनन् र रित्त्तै फर्कन्छन् ।
प्रष्ट खबर टिमले स्वास्थ्य क्षेत्रका अगुवा एवं मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईलाई यसबारे जिज्ञासा राख्दा बजारमा मास्कको केही अभाव भएको स्वीकार गर्दै आफुहरूले भएको मास्क सहज ढंगबाट विक्री गर्न अनुरोध गरेको बताए ।उनले बजारका मेडिकलमा मास्क नपाएको बारे अनुगमन हुनु जरुरी रहेको बताए । 

यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रशासनलाई त्यसबारे जानकारी आएको र केहि दिन अघि देखि नै स्वास्थ्य कार्यालयको संयोजकत्वमा पत्रकार महासंघका अध्यक्ष सहितको अनुगमन टोली गठन गरी अनुगमनको भइरहेको प्रतिक्रिया दिएका छन् ।
अनुगमन टोलीका सदस्य भनिएका नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईले आफुलाई अनुगमन समिति र अनुगमनको बारेमा जानकारी नआएको प्रतिक्रिया दिए ।
त्यसैगरी, हेटौंडामा मास्क अभाव भएकै हो त भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीलाई सम्पर्क गर्दा डिएसपी कार्कीले आफुले पनि त्यस्तै सुनेको र प्रशासन कार्यालय, डिडिएसंग परामर्श गरी छिट्टै अनुगमन गरिने बताए। 
बागमती प्रदेशको राजधानीमा मास्कको अभाव हुनुले प्रदेश सरकारको कोरोना भाइरस संक्रमण न्युनिकरण अभियानमा देखिएको उदासिनताले र प्रशासनको जिम्मेवारीमा प्रश्न चिन्ह उब्जाएको छ । 
प्रदेश सरकार, मन्त्रालय र जिल्ला प्रशासनले छिटो भन्दा छिटो हेटौंडा अस्पतालको मेडिकलबाट सहज मास्क उपलब्ध हुने व्यवस्था र बजार अनुगमन गर्नुपर्ने सर्वसाधारणको माग छ । 
                                                       उपभोक्ताबादी संस्था निदाए
हेटौँडाका अधिकांश मेडिकल पसलले मास्क छैन भन्दै फर्काउने गरेको सर्वसाधारणको गुनासो रहेको अवस्थामा मकवानपुरमा क्रियाशिल आधा दर्जन उपभोक्ताबादी संस्था भने यसबारे बेखबर बनेका छन । 
यस बारेमा उपभोक्ता संरक्षण मञ्चका मकवानपुर अध्यक्ष कुमार पौडेललाई प्रष्ट खबर टिमले हेटौँडामा मास्कको अभाव भएको गुनासो आएको छ नि भनेर सोध्दा आफुलाई मास्क अभावको बारेमा केही जानकारी नभएको प्रतिक्रिया दिए।उनले केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा सिडियो सहितको बैठकमा अनुगमनको कुरा उठेको तर अनुगन हुन नसकेकोमा आश्चर्य व्यक्त गरेका छन ।
“हामीले अनुगमन गर्ने होइन, मैले भाइरसको कारणले मास्क अभाव हुन सक्ने भन्दै अनुगमन गर्नुपर्ने प्रतिक्रिया दिएको थिए तर अनुगमन भएको रहेनछ” पौडेलले बताए ।अन्य अधिकारवादी संस्था पनि तैं चुप मैं चुप गरिरहदा सर्वसाधारण मारमा परेका छन् भने मौकामा चौका दाउ हान्न मेडिकलवालाहरू अग्रसर छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार