Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान

89380793_224516405337573_-1583927979.jpg

सुनिल शिवाकोटी 
२८ फागुन, हेटौँडा
। मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान संचालन हुने भएको छ ।सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा हुने जनाइएको छ ।
जिल्ला स्तरीया खोप समन्वय समितिको आयोजनामा बुधबार दादुरा–रुबेला खोप अभियान २०७६।७७ सम्बन्धी पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा यस बारेमा जानकारी गराइएको हो ।सन् २०२०मा बहु बर्षीय खोप योजना अन्तर्गत दादुरा खोप अभियानलाई तिव्र्रता दिन जिल्लाका १० वटा स्थानिय तहमा दुई चरणमा खोप अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बताए ।

पहिलो चरण अन्तर्गत ५ वटा स्थानीय तहमा खोप अभियान संचालन हुने जनाइएको छ ।जसमा  चैत्र १२ गते देखि ११ गते सम्म बकैया गाउँपालिकाको सबै वडा ,चैत १ गतेबाट ६ गतेसम्म  राक्सिराङ गाउँपालिकाको सबै वडा ,चैत १ गतेबाट ११ गतेसम्म कैलाश गाउँपालिकाको सबै वडा त्यसैगरी चैत १ गतेबाट ९ गतेसम्म  बागमती गाउँपालिकाको सबै वडा, चैत १ गतेबाट ८ गतेसम्म  मनहरी गाउँपालिकाको सबै वडामा खोप अभियान संचालन हुने प्रमुख उपाध्यायले बताए ।
त्यसैगरी  दोस्रो चरणमा ५ वटा स्थानीय तहमा खोप अभियान संचालन हुने,जसमा चैत्र १० गतेबाट १८ गते सम्म भीमफेदी गाउँपालिका , चैत्र १५ गतेबाट २३ गते सम्म,इन्द्रसरोवर गाउँपालिका, चैत्र १७ गतेबाट २३ गते सम्म मकवानपुरगढी गाउँपालिका, चैत्र १५ गतेबाट २३ गते सम्म थाहानगरपालिका र चैत ११ गतेबाट १९ गते सम्म हेटौंडा उपमहानगरपालिकामा  खोप अभियान सञ्चालन हुने अन्तरक्रिाया कार्यक्रममा जनाइएको छ ।उक्त अभियानमा ४३ हजार ३ सय३ बालबालिकालाई दादुरा रुवेलाको खोप लागाईने जसमा ९ देखि २४ महिनाको बालबालिकाको संख्या १२ हजार ९८ ,२४ देखि ५९ महिनाको बालबालिकाको संख्या ३१ हजार २सय५ रहेको जनाइएको छ । 
जस अभियानका लागि जिल्लाको ५ सय ४१ स्थानमा रहेको खोपकेन्द्रबाट खोप लगाउन सकिने र जस कार्यका लागि एक हजार १ सय ७८ जना खोप कार्यकर्ता खटाइने उपाध्यायले जानकारी दिएका छन ।जिल्ला स्तरीय खोप समन्वय समिति मकवानपुरका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा  जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट ,बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार