११ चैत, हेटौँडा । मध्यमाञ्चलमा गत साउनदेखि कार्तिकसम्ममा ४६ सय ५६ क्षयरोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले गरेको कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत उत्तम खनालले चौमासिक तथ्यांक सार्वजनिक गर्दै मध्यमाञ्चलका १९ जिल्लामा ४६ सय ५६ नयाँ क्षयरोग फेला परेको जानकारी दिएका छन् । उनले मध्यमाञ्चलको तर्राइ क्षेत्रमा सबैभन्दा बढि ५२ प्रतिशत क्षयरोगी रहेको पनि बताए । काठमाण्डौं उपत्यकामा २७ प्रतिशत, पहाडमा २० प्रतिशत र हिमालमा १ प्रतिशत क्षयरोगी फेला परेको उनको भनाई छ । उनले मध्यमाञ्चलमा क्षयरोगको उपचारका लागि १४ सय २३ डट्स केन्द्र र शहरी क्षेत्रमा ५६ डट्स केन्द्र रहेको बताए । तथ्यांक अनुसार नयाँ क्षयरोगीमा १५–४४ बर्ष उमेर समूहका छन् ।
त्यसैगरी, मकवनपुरमा गत साउनदेखि कार्तिकसम्ममा २ सय ७९ नयाँ क्षयरोगी फेला परेका छन् । क्षयकुष्ठ अधिकृत कपिलदेव झाले तथ्यांक सार्वजनिक गर्दै कार्तिकसम्ममा १ सय ८० पुरुष, ९९ महिलामा क्षयरोगी फेला परेको बताए । जसमा ५ बालबालिका छन् । यस्तै सोही अवधिमा ७ जना क्षयरोगी बहुउपचार औषधी पद्धतिबाट उपचारमा रहेको बताए । मध्यमाञ्चलका कुल क्षयरोगीमध्ये ५.४८ प्रतिशत मकवानपुरमा छन् । मकवानपुरमा पनि हेटौँडा नगरपालिकाभित्र एक सय क्षयरोगी रहेको झाले बताए ।
लगातार दुई हप्तासम्म खोकी लागेमा क्षयरोग हुन सक्ने भन्दै खकार परिक्षणका लागि हेटौँडा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र मनहरी, छतिवन, भीमफेदी, पालुङ, स्वास्थ्य चौकी फापरवारी र पदमपोखरीमा जान समेत कार्यक्रममा सुझाव दिईएको थियो । सन् २०५० भित्र क्षयरोगविहिन विश्व बनाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार नेपालमा पनि निःशुल्क रुपमा क्षयरोगको उपचार भईरहेको छ ।
कार्यक्रममा ५ जना क्षयरोगीलाई पोषण खर्चबापत जनही ४ हजार रुपैँया उपलव्ध गराईएको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















