Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्थानीय तह उम्मेदवारमा आधा दर्जन पत्रकारको चर्चा

Election-Local1-1490613582.jpg

१४ चैत, हेटौँडा । करिव २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरका आधा दर्जन पत्रकार उम्मेदवार बन्ने चर्चा शुरु भएको छ । उम्मेदवारमध्ये केहीको पत्रकारमाझ चर्चा छ भने केहीको सार्वजनिक रुपमै बाहिर आएको छ । उम्मेदवारमध्ये ३ दशकदेखि पछिल्लो एक दशकसम्मका अनुभवी पत्रकारको नाम छ । 
पुराना पत्रकार कौशल पाण्डेको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ । उनलाई पुराना कम्युनिष्ट नेताहरुले उम्मेदवार बन्न सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्र निकट मानिने पाण्डे पत्रकारिताका गुरु समेत रहीसकेका छन् भने पुरानो पत्रिका प्रयास साप्ताहिकका प्रकाशक/सम्पादक हुन् । नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष पाण्डेको नाम हेटौँडाको मेयरको रुपमा रहेपनि नगरको केन्द्रमा रहेको र ठूलो वडा हेटौँडा–४ को अध्यक्षमा उम्मेदवारी दिन सक्ने स्रोतको दावि छ । प्रष्टखबरले पाण्डेसँग प्रतिक्रिया लिंदा नाम चर्चामा रहनु आफ्नो लागि खुशीको कुरा भएको बताए ।
उत्तरी मकवानपुरको पालुङमा पुरानो बसोबास रहेका अग्रज प्रताप विष्टको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ । विशेष गरी उत्तरी मकवानपुरमा यसबारेमा छलफल र बहस हुने गरेको छ । मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्ट वा भाई प्रताप विष्ट थाहा नगरको मेयर बन्न सक्ने त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । भुवनप्रकाश विष्ट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने जनाईएको छ । तर प्रताप विष्टले भने आफु पत्रकारिता नै गर्ने बताएका छन् । हेटौँडा खानेपानी बोर्डका अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्य साथै कान्तिपर दैनिकका मकवानपुर संवाददाता रहेका उनले आफुले यसबारेमा केही नसोचेको भन्दै उम्मेदवारीको हल्लालाई इन्कार गरे ।
स्थानीय तहको उम्मेदवारको रुपमा नेकपा एमालेबाट नविन सिग्देलको नाम पनि बाहिर आएको छ । हेटौंडा टुडेका सम्पादक रहेका सिग्देलले उपमेयरका उम्मेदवारको रुपमा आकांक्षा राखेको पार्टी स्रोतको भनाई छ । तर नेताहरुको सुझाव र कार्यकर्ताको दवावममा सिग्देल ४ नम्बर वडाको अध्यक्षको उम्मेदवार बन्न सक्ने छन् । बौद्धिक एवं व्यवसायिक समूहको बाक्लो बसोबास रहेको नगरकै ठूलो वडा भएकाले उनलाई ४ नम्बर वडा अध्यक्षको उम्मेदवारका लागि कार्यकर्ताहरुले सुझाव दिएका छन् । एमाले जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहईन्चार्ज रहेका सिग्देल अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुरका क्याम्पसका पुर्व स्ववियु सभापति, क्याम्पसमा अध्यापन समेत गर्छन् ।
एमालेबाटै पुराना पत्रकार देवराज रिमालको नाम पनि चर्चामा छ । थाहा सन्देशमा आवद्ध रिमाल अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला कमिटिका पूर्व सचिवालय सदस्य हुन् । २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट राजनीतिमा होमिएका रिमाल हेटौँडा–७ बाट अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ । जिल्लामा सक्रिय नेताहरुका समकक्षी समेत रहेका रिमालले अहिले नै उम्मेदवारीबारे प्रतिक्रिया दिंदा हतार हुने बताए ।
नारायणी दैनिकका प्रकाशक/सम्पादक सन्तोष न्यौपाने हेटौँडा–१० को अध्यक्षको उम्मेदवारको रुपमा बजारमा नाम आईरहेको छ । माओवादी केन्द्रका १० नम्बर वडा अध्यक्ष रहेका न्यौपाने २०६२/०६३ को जनआन्दोलनमा चर्चित थिए । हेटौँडा सन्देशका सम्पादक रहेका न्यौपानेलाई तत्कालिन क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीले लोकतन्त्रको पक्षमा समाचार लेखेको भन्दै नियन्त्रणमा लिएका थिए । दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपाने भ्रष्टाचार र विकृतिमाथि खरो रुपमा समाचार लेख्ने र प्रस्तुत हुने व्यक्तित्वको रुपमा चिनिन्छन् ।
युवा पुस्ताका पत्रकारमा सविन न्यौपानेको नाम पनि उम्मेदवारको रुपमा चर्चामा रहेको छ । प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टस क्लव मकवानपुरका अध्यक्ष रहेका न्यौपाने हेटौँडा–१ को उम्मेदवारको रुपमा बजारमा चर्चामा छन् । नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेका उनलाई पार्टी भित्रैबाट उम्मेदवार बन्न केही नेताहरुले सुझाव दिईरहेको बताईन्छ । साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक रहेका उनले युवालाई जनप्रतिनिधि बनेको देख्न चाहनु नौलो विषय नभएको भन्दै हेटौँडा–१ का बासिन्दाको सुझाव र पार्टीको निर्देशन अनुसार अघि बढ्ने बताए ।
नेकपा एमाले निकट प्रेस चौतारीका प्रदेश सदस्य, पुर्व जिल्ला अध्यक्ष र एमाले ४ नम्बर क्षेत्रीय सदस्य रहेका शिवकुमार काशीको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ । उनी मनहरी गाउँपालिकाबाट उम्मेदवार बन्ने चर्चा रहेपनि पद भने बाहिर आएको छैन । उनलाई मनहरीको कुनै वडाको अध्यक्ष वा गाउँपालिकामा कुनै पदमा उठाउनुपर्ने युवापुस्ताको माग रहेको छ । उनी संविधानसभाको निर्वाचनमा एमालेलाई विजयी बनाउन फिल्डमै खटिएका कार्यकर्ता मानिन्छन् । उम्मेदवारीबारे प्रतिक्रिया लिन खोज्दा उनको मोवाईल स्विच अफ थियो ।
चौथो अंगको रुपमा परिचित संचारक्षेत्रको जनप्रतिनिधिमा उम्मेदवार बन्ने चर्चा चल्दा मिश्रित प्रतिक्रिया पाईएको छ । केहीले पत्रकारले विशुद्ध पत्रकारिता गरेर समाजमा सेवा गर्नुपर्ने सुझाव दिएका छन् भने राजनीतिमा रहेको विकृति अन्त्यका लागि युवा पुस्ता र पत्रकारहरुको भुमिका जनप्रतिनिधिको रुपमा आवश्यक रहेको पनि प्रतिक्रिया आएको छ । प्रष्टखबरको प्रारम्भिक अनुसन्धानमा परेका पत्रकारहरु उम्मेदवार बन्ने हुन् कि होइनन् त्यो भने सम्बन्धित पार्टीले निर्णय गर्न बाँकी नै छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार