१४ चैत, हेटौँडा । करिव २० बर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरका आधा दर्जन पत्रकार उम्मेदवार बन्ने चर्चा शुरु भएको छ । उम्मेदवारमध्ये केहीको पत्रकारमाझ चर्चा छ भने केहीको सार्वजनिक रुपमै बाहिर आएको छ । उम्मेदवारमध्ये ३ दशकदेखि पछिल्लो एक दशकसम्मका अनुभवी पत्रकारको नाम छ ।
पुराना पत्रकार कौशल पाण्डेको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ । उनलाई पुराना कम्युनिष्ट नेताहरुले उम्मेदवार बन्न सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्र निकट मानिने पाण्डे पत्रकारिताका गुरु समेत रहीसकेका छन् भने पुरानो पत्रिका प्रयास साप्ताहिकका प्रकाशक/सम्पादक हुन् । नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष पाण्डेको नाम हेटौँडाको मेयरको रुपमा रहेपनि नगरको केन्द्रमा रहेको र ठूलो वडा हेटौँडा–४ को अध्यक्षमा उम्मेदवारी दिन सक्ने स्रोतको दावि छ । प्रष्टखबरले पाण्डेसँग प्रतिक्रिया लिंदा नाम चर्चामा रहनु आफ्नो लागि खुशीको कुरा भएको बताए ।
उत्तरी मकवानपुरको पालुङमा पुरानो बसोबास रहेका अग्रज प्रताप विष्टको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ । विशेष गरी उत्तरी मकवानपुरमा यसबारेमा छलफल र बहस हुने गरेको छ । मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्ट वा भाई प्रताप विष्ट थाहा नगरको मेयर बन्न सक्ने त्यस क्षेत्रमा चर्चा हुने गरेको छ । भुवनप्रकाश विष्ट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने जनाईएको छ । तर प्रताप विष्टले भने आफु पत्रकारिता नै गर्ने बताएका छन् । हेटौँडा खानेपानी बोर्डका अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय सदस्य साथै कान्तिपर दैनिकका मकवानपुर संवाददाता रहेका उनले आफुले यसबारेमा केही नसोचेको भन्दै उम्मेदवारीको हल्लालाई इन्कार गरे ।
स्थानीय तहको उम्मेदवारको रुपमा नेकपा एमालेबाट नविन सिग्देलको नाम पनि बाहिर आएको छ । हेटौंडा टुडेका सम्पादक रहेका सिग्देलले उपमेयरका उम्मेदवारको रुपमा आकांक्षा राखेको पार्टी स्रोतको भनाई छ । तर नेताहरुको सुझाव र कार्यकर्ताको दवावममा सिग्देल ४ नम्बर वडाको अध्यक्षको उम्मेदवार बन्न सक्ने छन् । बौद्धिक एवं व्यवसायिक समूहको बाक्लो बसोबास रहेको नगरकै ठूलो वडा भएकाले उनलाई ४ नम्बर वडा अध्यक्षको उम्मेदवारका लागि कार्यकर्ताहरुले सुझाव दिएका छन् । एमाले जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहईन्चार्ज रहेका सिग्देल अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुरका क्याम्पसका पुर्व स्ववियु सभापति, क्याम्पसमा अध्यापन समेत गर्छन् ।
एमालेबाटै पुराना पत्रकार देवराज रिमालको नाम पनि चर्चामा छ । थाहा सन्देशमा आवद्ध रिमाल अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला कमिटिका पूर्व सचिवालय सदस्य हुन् । २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट राजनीतिमा होमिएका रिमाल हेटौँडा–७ बाट अध्यक्षको उम्मेदवार बन्ने चर्चा छ । जिल्लामा सक्रिय नेताहरुका समकक्षी समेत रहेका रिमालले अहिले नै उम्मेदवारीबारे प्रतिक्रिया दिंदा हतार हुने बताए ।
नारायणी दैनिकका प्रकाशक/सम्पादक सन्तोष न्यौपाने हेटौँडा–१० को अध्यक्षको उम्मेदवारको रुपमा बजारमा नाम आईरहेको छ । माओवादी केन्द्रका १० नम्बर वडा अध्यक्ष रहेका न्यौपाने २०६२/०६३ को जनआन्दोलनमा चर्चित थिए । हेटौँडा सन्देशका सम्पादक रहेका न्यौपानेलाई तत्कालिन क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीले लोकतन्त्रको पक्षमा समाचार लेखेको भन्दै नियन्त्रणमा लिएका थिए । दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपाने भ्रष्टाचार र विकृतिमाथि खरो रुपमा समाचार लेख्ने र प्रस्तुत हुने व्यक्तित्वको रुपमा चिनिन्छन् ।
युवा पुस्ताका पत्रकारमा सविन न्यौपानेको नाम पनि उम्मेदवारको रुपमा चर्चामा रहेको छ । प्रेस युनियन मकवानपुरका उपाध्यक्ष र रिपोर्टस क्लव मकवानपुरका अध्यक्ष रहेका न्यौपाने हेटौँडा–१ को उम्मेदवारको रुपमा बजारमा चर्चामा छन् । नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेका उनलाई पार्टी भित्रैबाट उम्मेदवार बन्न केही नेताहरुले सुझाव दिईरहेको बताईन्छ । साझाकुरा राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक रहेका उनले युवालाई जनप्रतिनिधि बनेको देख्न चाहनु नौलो विषय नभएको भन्दै हेटौँडा–१ का बासिन्दाको सुझाव र पार्टीको निर्देशन अनुसार अघि बढ्ने बताए ।
नेकपा एमाले निकट प्रेस चौतारीका प्रदेश सदस्य, पुर्व जिल्ला अध्यक्ष र एमाले ४ नम्बर क्षेत्रीय सदस्य रहेका शिवकुमार काशीको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ । उनी मनहरी गाउँपालिकाबाट उम्मेदवार बन्ने चर्चा रहेपनि पद भने बाहिर आएको छैन । उनलाई मनहरीको कुनै वडाको अध्यक्ष वा गाउँपालिकामा कुनै पदमा उठाउनुपर्ने युवापुस्ताको माग रहेको छ । उनी संविधानसभाको निर्वाचनमा एमालेलाई विजयी बनाउन फिल्डमै खटिएका कार्यकर्ता मानिन्छन् । उम्मेदवारीबारे प्रतिक्रिया लिन खोज्दा उनको मोवाईल स्विच अफ थियो ।
चौथो अंगको रुपमा परिचित संचारक्षेत्रको जनप्रतिनिधिमा उम्मेदवार बन्ने चर्चा चल्दा मिश्रित प्रतिक्रिया पाईएको छ । केहीले पत्रकारले विशुद्ध पत्रकारिता गरेर समाजमा सेवा गर्नुपर्ने सुझाव दिएका छन् भने राजनीतिमा रहेको विकृति अन्त्यका लागि युवा पुस्ता र पत्रकारहरुको भुमिका जनप्रतिनिधिको रुपमा आवश्यक रहेको पनि प्रतिक्रिया आएको छ । प्रष्टखबरको प्रारम्भिक अनुसन्धानमा परेका पत्रकारहरु उम्मेदवार बन्ने हुन् कि होइनन् त्यो भने सम्बन्धित पार्टीले निर्णय गर्न बाँकी नै छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















