Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरद्वारा ‘गिरिजाबाबु’ को सम्झना

Congress-1584690429.jpg

७ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस शुक्रबार बिविध कार्यक्रम गरी मनाएको छ । कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा कांग्रेस मकवानपुर कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा स्मृति सभा भएको हो । 
स्मृति सभामा बोल्दै कार्यबहाक सभापति लामिछानेले २०४७ सालको आन्दोलन, २०६२/०६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गर्दै १२ बुँदे सम्झौता, संघिय लोकतान्त्रिक गणतन्त्रमा देशलाई पुर्याउने लगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण रहेको बताए । पाँचपटक प्रधानमन्त्री बनेका स्वर्गीय कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु राजिव सुवेदी, माधव आचार्य, भीमसेन महत, सल्लाहकार भरत पराजुली, क्षेत्र नम्बर १ का संघिय सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर २ क का क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस नेता उत्सव ईटेनी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, ट्रेड युनियन मकवानपुर उपाध्यक्ष शर्मिला श्रेष्ठलगायत कांग्रेस मकवानपुरका नेता÷कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार