Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित

press_union-1490799313.png

१६ चैत, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनले निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगित गरेको छ ।

देश नै स्थानिय तहको चुनावमा केन्द्रीत हुन लागेको अवस्थामा युनियनमा आवद्ध पत्रकारहरु पनि स्थानिय तहको चुनावमा केन्द्रीत हुनुपर्ने अवस्था र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता समेत लागु भएपछि युनियनको केन्द्रीय सचिवालय बैठकले तत्कालका लागि बैठक र भेला स्थागित गरेको महासचिव अजयबाबु शिवकोटीले बताए ।

युनियनले केन्द्रीय समिति बैठक यही चैत २५ गते र राष्ट्रिय भेला चैत २६ गतेका लागि कास्कीको पोखरामा गर्ने तय गरेको थियो । 

बैठकले नेपाल प्रेस युनियनका पश्चिमाञ्चल संयोजक प्रदीप काफ्लेका पिता पुरुषोत्तम काफ्लेको असमायिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै अस्वस्थ्य भई अस्पताल भर्ना हुनुभएका नेपाल प्रेस युनियन पर्साका पूर्व अध्यक्ष काशिनाथ यादवको शिघ्र स्थास्थ्य लाभको कामना गरेको छ ।  

बैठकले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी तयारीमा जुटेको परिवेशमा मातृपार्टी नेपाली काँग्रेसको पक्षमा निर्वाचन माहौल बनाउनका लागि सबै युनियन आवद्ध सदस्यहरुलाई कलम चलाउन पनि आग्रह गरेको छ । रासस


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार