Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँद्वारा कोरोनाविरुद्धको अभियानमा ५ लाख सहयोग

Indra-Baniya-Photo-1585299112.jpg

१४ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कोरोनाविरुद्ध अभियानका लागि ५ लाख रुपैंया सहयोगको घोषणा गरेका छन् । 
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले पश्चिमी मकवानपुरका ३ गाउँपालिकालाई ५ लाख रुपैंया सहयोग गर्ने जनाएका हुन् । मकवानपुर क्षेत्र नम्बर २ (ख)का सांसद बानियाँले राक्सिराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख रुपैंया जम्मा गर्ने जनाएका छन् । त्यसैगरी, मनहरी गाउँपालिकालाई १ लाख र कैलाश गाउँपालिकालाई २ लाख रुपैंया सहयोग गर्ने भएका छन् ।  उक्त रकम गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा जम्मा गर्ने जनाईएको छ ।
उनले महामारी रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाहरुको अभियानमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । बागमती प्रदेशभर अति न्यून आय भएका विपन्न वर्ग, लोपोन्मुख बनकरीया, दैनिक श्रम गरी खाने असंगठित श्रमिक र जनजाति समुदायलाई लक डाउनको समयमा हुन सक्ने खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको उपलव्धताका लागि संघीय एवं बागमती प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएका छन् । 
उनले आफु जनताको समस्या समाधानका लागि संघीय, प्रदेश एवं स्थानीय तह र नागरिक समाजसंग हातोमालो गर्न प्रतिवद्ध रहेको अवगत गराउँदै कोरोना संक्रमणविरुद्धको अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारलगायत सम्पूर्णलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै अभियानमा जुट्न समेत आग्रह गरेका छन् । 
राक्सिराङ गाउँपालिका कार्यालयले आर्थिक अवस्थाको मध्यनजर गर्दै कोरोना भाईरस संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा र थप परिक्षणका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जानु परेमा प्रति विरामी ५ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको छ भने विपद व्यवस्थापन कोषमा २५ लाख रुपैंया जम्मा गरेको छ ।

Press-Release-Donation-By-1585300187.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार