Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

'एपी वान' टिभि आजदेखि नियमित प्रसारणमा

AP1-1490948768.jpg

१८ चैत, काठमाडौं । नेपालको पहिलो हाई डेफिनेसन (एचडी) टेलिभिजन एपी वानले आफ्नो नियमति प्रसारण आजदेखि सुरु गर्दैछ।

अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनको नियमित प्रसारणको शुक्रबार साँझ काठमाडौंस्थित होटल हायातमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने अन्नपूर्णपोष्टको अनलाईन संस्करणमा समाचार छ । गत असोज १५ गते घटस्थापनादेखि एपी वानले परीक्षण प्रसारण सुरु गरेको थियो। एपी वान सबैभन्दा द्रूत प्रत्यक्ष प्रसारण गर्न सक्ने अत्याधुनिक प्रविधिसहित प्रसारणमा आएको हो ।

नियमित प्रसारणको सुरुवातसंगै टेलिभिजनले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो 'नेपाल आईडल' सहितका कार्यक्रमहरु प्रसारण गर्नेछ। सूचना र मनोरञ्जनलाई संयुक्त रुपमा प्रस्तुत गर्ने उद्देश्य लिएको टेलिभिजनमा सञ्चारक्षेत्रका चीरपरिचित हस्तीहरु क्रियाशील छन् । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपी वान टेलिभिजनले नेपाली सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। 'अन्नपूर्ण मिडिया नेटवर्कका अन्य माध्यमजस्तै एपी वान टेलिभिजनले स्वस्थ मनोरञ्जन, सहि सूचना र प्रष्ट दृष्टिकोणका साथ आफ्ना प्रस्तुति पस्कनेछ', अध्यक्ष थापाले भने।

टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले एपी वानले दर्शकको टेलिभिजन अभिरुचीलाई केन्द्रमा राखेर समाचार र कार्यक्रमहरु प्रसारण गर्ने जानकारी दिए । एपी वान टेलिभिजनबाट नेपाल आईडल, दिशानिर्देश, तमसोमा ज्योर्तिगमय,महटाइम, सिस्टम चेक, टेन टु फाईभ लगायतका बहुप्रतिक्षित कार्यक्रमहरु प्रसारण हुनेछन् । अन्नपूर्ण मिडिया नेटवर्कका यसअघि नै अन्नपूर्ण पोष्ट दैनिक, अन्नपूर्ण टुडे म्यागेजिन, रेडियो अन्नपूर्ण, अन्नपूर्ण पोष्ट डटकम र अन्नानोट डटकमलगायतका प्रकाशन र प्रसारण माध्यम छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार