Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’

6-Numbar-Woda-1585638459.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाईले वडाका श्रमिक र विपन्न समुदाय भोकै बस्नु नपर्ने बताएका छन् । 
लकडाउन लम्बिएपछि डेरामा रही दैनिक ज्यालादारी गरी खाने र विपन्न समुदायमा समस्या परेको भन्दै उनले हेटौंडा ६ नम्बर वडामा त्यस्ता वर्गलाई व्यक्तिगत रुपमै पनि सहयोग गर्ने र भोकै बस्नु नपर्ने बताएका हुन् । उनले एक दुईदिनमै त्यस्ता परिवारमा राहत पुग्ने बताउँदै उनले टोल विकास वडा समन्वय समितिले उपलव्ध गराएको विवरण अनुसार राहत उपलव्ध गराउने जानकारी दिए । 
‘दुईछाक टार्न ज्याला मजदुरी गर्ने, अति विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गर्ने तयारी गर्दैछु ।’–उनले भने–‘व्यक्ति रुपमा खर्च गरेरै भएपनि राहत वितरण गर्छु ढुक्क हुनुस् ।’ हेटौंडा उपमहानगरपालिकालाई पनि राहत उपलव्ध गराउन आग्रह गर्ने बताउँदै वडा अध्यक्ष चौलागाईले आफ्नो व्यक्तिगत प्रयासबाट पनि वडाभरी राहत वितरण गर्ने बताउँदै सहयोग हातहरुलाई पनि सम्पर्क गर्न उनले आग्रह गरे । अहिले कसले देला र बाँडौंला भनेर कुर्ने बेला नभएको बताउँदै उनले आफैं खर्च गरेर राहत वितरण गर्न अघि बढ्ने बाए ।
वडा समन्वयले बुझायो विवरण
टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिले वडाभरी रहेका श्रमिक र विपन्न परिवारको राहत संकलन गरेको छ । लकडाउनका कारण दुईछाक टार्नै समस्यामा रहेका उनीहरुको लगत टोल विकास संस्थाहरुको समन्वयमा संकलन गरेको सचिव विजय पौडेलले जानकारी दिएका छन् । टोल विकास वडा समन्वय समितिले सोमबार र मंगलबार संकलन गरेको नामावलीसहितको विवरण वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई बुझाएको पौडेलले जानकारी दिए । पौडेलले वडामा रहेका २३ टोल विकास संस्थाको समन्वयमा विवरण संकलन गरेको उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार