Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

खनालले भने–‘बकैयामा राहत वितरण शुरु, सिएसआईबाट पहिलो सहयोग’

Bakaiya-1585876931.jpg

२१ चैत, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय उद्योग क्लोजर्स सिष्टम इन्टरनेशनल (सिएसआई) नेपाल प्रालिले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ र हेटौंडामा राहत सामग्री सहयोग गरेको छ ।
मकवानपुरका संघीय सांसद कृष्णप्रसाद दाहाल र गाउँपालिका अध्यक्ष दामोदर खनालको आग्रह एवं मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा सिएसआई नेपालले बकैया–१ मा राहत सहयोग गरेको हो । १ सय ५० परिवारका लागि प्रति परिवार १५ किलो चामल, च्युरा, दाल, तेल लगायतका सामग्री सहितको राहत वडा कार्यसमिति र सर्वदलीय संयन्त्रलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष खनालले बताए । बकैयामा राहत वितरण शुरु गरिएको बताउँदै खनालले भने–‘बकैयामा राहत वितरण शुरु, सिएसआईको सहयोग सामग्री हस्तान्तरण गरेका छौं ।’
हस्तान्तरण कार्यक्रममा सांसद दाहाल, गाउँपालिका अध्यक्ष खनाल, उपाध्यक्ष सरला बोलखे, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षहरु कृष्ण अग्रवाल, रामप्रसाद न्यौपाने, सिएसआई नेपालका प्लान्ट म्यानेजर शान्तिराम धिमाल लगायतको सहभागिता रहेको थियो ।
यस्तै, सिएसआई नेपालले नेपाल टे«ड युनियन कांग्रेसलाई उपलव्ध गराएको राहत सामग्री हेटौंडामा वितरण गरिएको छ । सिएसआईबाट प्राप्त सहयोग ४५ श्रमिक परिवारलाई वितरण गरिएको हो । कार्यक्रममा ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष यम श्रेष्ठ, सिएसआई नेपालकी एचआर म्यानेजर सुनिता श्रेष्ठ, टे«ड युनियनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

CSI-1585876932.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार