Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

बानियाँ रकम सहयोग गर्ने, खतिवडा साक्षी बस्ने

kailash1-1586423887.jpg

गाउँपालिका अध्यक्ष मुक्तानलाई रकम हस्तान्तरण गर्दै सांसद बानियाँ, साथमा सांसद खतिवडा

२७ चैत, हेटौंडा । बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित कैलाश गाउँपालिकालाई कोरोनाविरुद्ध अभियानका लागि २ लाख रुपैंया हस्तान्तरण गरेका छन् ।

नेता बानियाँले गाउँपालिका अध्यक्ष टंक मुक्तानलाई बिहिबार २ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् । मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद समेत रहेका बानियाँले विश्व महामारीको रुपमा रहेको कोरोनाविरुद्ध लड्न दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने भन्दै यथाशिघ्र पूर्व तयारी र विपन्न समुदायलाई एकद्वार प्रणालीमार्फत राहत वितरणमा मद्धत पुगोस् भनेर सहयोग गरेको बताए । 

बानियाँद्वारा रकम हस्तान्तरण गरेपछि बोल्दै मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद विरोध खतिवडाले विकट गाउँपालिकाहरुमा स्वास्थ्य सामाग्री नआईपुगेको कारण समस्या परेकोले आफूले संघीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने बताउनुभयो । कैलाश गाउँपालिका अध्यक्ष मुक्तानले आफूले गाउँपालिकाको विभिन्न ४ स्थानमा क्वारेनटाइन वार्ड राख्ने प्रयास गरेपनि स्वास्थ्य सामाग्री अभावका कारण अफ्ठ्यारो परेको बताए ।

कैलाश गाउँपालिकाको क्वारेनटाइन वार्ड निरीक्षण तथा रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दीपेन्द्र मल्ल, कांग्रेस २ ख क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कैलाश ३ नम्बर वडा अध्यक्ष देवलाल बल, संचारकर्मी शिवकुमार काशी, सुजन विडारी, गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा, कैलाश गाउँपालिकाका स्वास्थ्यचौकी प्रमुख श्यामसुन्दर महतोलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार