Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बस्तिपुर जेसीज हाँडीखोलाले दियो वडा कार्यालयलाई २० हजार

IMG_20200410_091948-1586489709.jpg

२८चैत, हेटौंडा। देश अहिले लकडाउनको चपेटामा परेको छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मानिसलाई समस्या परेको छ। समस्यामा परेका मानिसलाई विभिन्न संघसंस्थाले सहयोग गर्ने कामलाई निरन्तरता दिइरहेका छन्।

यसै क्रममा बस्तिपुर जेसीज हाँडीखोलाले कोरोना भाइरसका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियान सुरु गरेको छ। जेसिजले शुक्रबार बिहान हेटौंडाको १९ नम्बर वडालाई नगद २० हजार रुपैयाँ सहयोग गरेको हो ।

वडाको लागि आवश्यक सामग्री खरिदको लागि नगद सहयोग गरिएको कार्यकारिणी उपाध्यक्ष गणेश दर्पण अधिकारीले जानकारी दिए । सहयोग रकम जेसीजमा आबद्ध सदस्यहरुसँगबाट संकलन गरीएको उपाध्यक्ष अधिकारीले बताए ।
बस्तिपुर जेसीजको कार्यक्षेत्र मकवानपुरको मनहरी गाउँपालिका, हेटौंडाको १९ नम्बर र ३ नम्बर वडा रहेको छ । अब मनहरी गाउँपालिका र ३ नम्बर वडालाई नगद आर्थिक सहयोग गरिने बस्तिपुर जेसीज हाँडीखोला बर्ष सन् २०२० का अध्यक्ष जयराम सुबेदीले बताए ।
“युवाहरुको अन्तरास्ट्रिय संस्था जेसीज र यसमा आबद्ध हामी यो महामारीको अवस्थामा चुप लागेर बस्ने कुरा भएन“, अध्यक्ष सुबेदीले भने, “हाम्रो कार्यक्षेत्र अन्तर्गतको १९ नम्बर वडालाई सहयोग गर्यौं, मनहरी गाउँपालिका र ३ नम्बर वडालाई एकदुइ दिन भित्रै सहयोग हस्तान्तरण गर्नेछौं ।“ 
सहयोग हस्तान्तरण कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी (नवराज) ले बिपदको अवस्थामा सहयोग एवम् सहाकार्य गरेको भन्दै खुसी ब्यक्त गरे । सबैको सहयोग र समन्वय भएमा स्थानीय तहलाई काम गर्न अझै सहज हुने उनको भनाई थियो । 
सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु इन्दिरा तामाङ, शान्ति विश्वकर्मा, वडा सचिव बसन्तकुमार सिटौलासहित स्थानीय राजनीति दलका प्रमुख प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि र जेसीजका पदाधिकारीको उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार