Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महोत्सवको बजेट कोरोना सचेतनामा खर्चन सांसद लामाको सुझाव

Nima-lama-1586517197.jpg

२८ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले नेपाल भ्रमण बर्षको प्रचारका लागि मेला महोत्सवमा खर्च गर्ने भनिएको बजेट कोरोनाको सचेतनामा खर्च गर्न सुझाव दिएका छन् । 
शुक्रबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालसंग टेलिफोन कुराकानी गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (२) का सांसद लामाले नेपाल भ्रमण बर्ष नै स्थगित भईसकेको अवस्थामा यसका लागि चालु आवमा छुट्टाईएको मेला महोत्सवको बजेट कोरोनाबारे सचेतना र जनताको सुरक्षामा खर्च गर्न सुझाव दिएका हुन् । प्रदेश सरकारले भ्रमण बर्षको प्रचारका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई ५/५ लाख रुपैंया बजेट विनियोजन गरेको भन्दै उनले यो बजेट कोरोनासम्बन्धी सचेतना र जनताको सुरक्षाका लागि प्रदेश सांसदसहित परिचालन गरी खर्चिन सुझाव दिए । ‘पहिला नागरिकको सुरक्षा, त्यसपछि मात्रै पर्यटन प्रवद्र्धन गर्ने हो’,–उनले भने । 
कुराकानीमा मन्त्री नेपालले सांसद लामाको सुझाव सकारात्मक रहेको बताए । उनले भ्रमण बर्षको कार्यक्रम संचालन गर्ने अवस्था नरहेको भन्दै स्थगित भएको बताए । उनले अहिलेसम्म बजेट रकमान्तरको काम नभएको भन्दै कानूनी प्रक्रिया बुझेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । कोरोना संक्रमणको जोखिम रोक्ने अभियानमा प्रदेश सरकारले काम गरिरहेको समेत उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार