६ बैशाख, हेटौंडा । कोरोनाका कारण स्वास्थ्य संकट बढीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितको विशेष बैठकमा शुक्रबार यस्तो निर्देशन दिएका हुन् ।
उनले खानको समस्यामा परेकालाई तत्काल खानाको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
खाना र बस्न समस्या भएको भन्दै मानिसहरु लकडाउनको बेला हिँडेरै आफ्नो गृह जिल्ला जान थालेपछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई समस्या परेका मानिसलाई खानाको व्यवस्था मिलाउन भनेका हुन् ।
बैठकमा पैदल घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने वा जसरी पनि घर जान चाहनेलाई उच्च सुरक्षासहित जिल्ला सदरमुकामसम्म पुर्याउने भन्ने विषयमा छलफल भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
उक्त बैठकमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयास, औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्थापनलगायत विषयमा प्रधानमन्त्रीले जानकारी लिएको मन्त्री खतिवडाले बताए ।
यस्तै लकडाउनको कडाईका साथ पालना गर्न र गराउन पनि प्रधानमन्त्रलिे निर्देशन दिएको मन्त्री खतिवडाको भनाई छ ।
राजधानीमा कोरोना संक्रमण थप पाइएपछि काठमाडौँबाट बाहिर जानका लागि थप कडाई गर्ने निर्णय सरकारले यसअघिनै गरेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)