६ बैशाख, हेटौंडा । देश अहिले लकडाउनमा छ । सरकारले नै अहिले सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिंदै सरकारले लकडाउन गरेको ३ साता नाघिसक्दा सर्वसाधारणले भने सास्ती भएपनि घरमै बसेर लकडाउनलाई सहयोग गरेका छन् ।
तर बागमती प्रदेश सरकार अन्तरगतको नीति तथा योजना आयोगका एक पदाधिकारी भने लकडाउनमा सरकारी गाडि दुरुपयोग गर्दै घुमेर मस्ति गरिरहेका छन् । अहिले बिकासको काम ठप्प छ, योजना सम्झौता हुन सकिरहेका छैनन्, योजनास्थलमा कुनै कामदार छैनन् । नीति आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत भने आफैंले सरकारी गाडि चलाएर लुसुक्क मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । उनीसंग आयोगका न चालक थिए, न कुनै कर्मचारी तर उनीसंग नेकपाका एक नेता थिए । उनको सरकारी गाडि दुरुपयोग तब बाहिर आयो जब कैलाश गाउँपालिका वडा नम्बर ९ सागिनेमा उनले चलाएको आयोगको प्रदेश–३–०३–००१ झ ००३ नम्बरको गाडी पल्टियो । बस्नेतको गाउँ डुल्लने सौखले भएको दुर्घटनामा उनी र नेकपा नेता सुरक्षित रहे पनि सरकार गाडिमा क्षति पुगेको छ ।
गाडि पल्टिएपछि स्थानीयले सोधखोज गरेपछि उनले आफु योजना आयोगको उपाध्यक्ष भएको र चामल किन्न गाउँ आएको बताएका थिए । लकडाउनका बीच किन सरकारी गाडि नामटारबाट अघि बढ्यो भन्दै कुरा गर्दै गरेका गाउँले दुर्घटना भएपछि पुग्दा बस्नेत हतास अवस्थामा थिए । स्थानीयलाई बस्नेत गाउँमा चामल किन्न आएको बताएपनि गाडि पल्टिएको फोटो सञ्चाकर्मीहरुसम्म पुगेपछि संचारकर्मीहरुले प्रतिक्रिया लिंदा उनले कैलाश गाउँपालिकाको अवस्था बुझ्नका लागि गएको बताए । कैलाश, राक्सिराङ र मनहरी गाउँँपालिकाको फिल्ड भिजिटका लागि गएको बताएपनि गाडिमा सरकारी कर्मचारी नहुनु, आफैंले गाडि चलाउनु, नेकपाका नेतामात्रै गाडिमा हुनुले उनले गाडि दुरुपयोग गरेको प्रष्ट भएको नामटारका स्थानीयले संचारकर्मीहरुलाई बताएका थिए । उनले नामटारमा देखाएको हाउभाउ हेर्दा उनी कुनै कार्यक्रममा भन्दा पनि घुमफिरमा गएको देखिथ्यो ।
गाडि पल्टिएको स्थानमा पुगेका स्थानीयले संचारकर्मीहरुलाई फोन गरेर सरकारी गाडि दुरुपयोग गर्ने पदाधिकारीलाई पक्राउ गरी कारवाही हुुनुपर्ने बताएका थिए । स्थानीयले नै प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । ‘हामी चै सरकारले भने अनुसार कोरोनाको जोखिमबाट जोगिन घरमै बस्नुपर्ने, अनि सरकारी अंगकै पदाधिकारी चै दुरुपयोग गर्दै गाउँगाउँ पुगेर कोरोनाको जोखिम बढाउने र लकडाउन उल्लंघन गर्ने ?’–एक स्थानीय भने–‘अझ गाडि पल्टाएर क्षति समेत पुर्याएको अवस्था छ, यो राज्य सम्पत्तिको दोहनको पराकाष्टा हो, मूख्यमन्त्रीले ध्यान दिनुपर्छ ।’
बस्नेतले लकडाउनको समयमा आफैं चलाएर उक्त गाडि दुरुपयोग गरेको यसअघि पनि सर्वसाधारणले गुनासो गर्दै आएका थिए । सुरक्षा निकायले समेत उनलाई एकपटक सम्झाएको जनाईएको छ । तर बस्नेतको लकडाउनको बिच जारी मस्ति नरोकिंदा सरकारी सम्पत्तिमा क्षति पुगेको छ । सुशासनको कुरा गर्ने मूख्यमन्त्री डोरमणी पौडेलले यसमा गम्भिर ‘एक्सन’ लिनुपर्ने सर्वसाधारणको भनाई छ । यता मूख्यमन्त्री पौडेल निकट स्रोतका अनुसार घटनाबारे मूख्यमन्त्रीले जानकारी लिईसकेका छन् । उनी बस्नेतको रवैयाप्रति आक्रोशित भएको ति स्रोतले प्रष्टखबरलाई बताए । ‘घटनाबारे मुख्यमन्त्रीलाई जानकारी भईसकेको छ, मूख्यमन्त्रीले थप कदम चाल्नुहुन्छ होला ।’
यो पनि पढ्नुस्
कैलाश गाउँपालिकामा सरकारी गाडि दुर्घटना
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)