१२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन साउन २० गते हुने भएको छ । अधिवेशन तयारीका लागि बुधबार भएको बैठकले साउन २० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस मकवानपुर र नेविसंघ मकवानपुरका पदाधिकारीसहितको बैठकले वन विज्ञान अध्ययन संस्थानको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष महेन्द्र राउतले बताए । यसअघि नै क्षेत्रीय भेला सम्पन्न भई प्रतिनिधि छनौट भएकाले जिल्ला अधिवेशनमात्रै हुने उनले जानकारी दिए । १ सय ६० प्रतिनिधि सहभागी हुने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जिल्ला भेलाका लागि नेविसंघले सूर्य थापालाई केन्द्रिय प्रतिनिधि तोकेको छ ।
बैठकले आवास व्यवस्थापन उपसमिति संयोजकमा यादव अर्याल, स्वागत तथा मञ्च व्यवस्थापनमा टेकनाथ शिवाकोटी, प्रचारप्रसारका लागि गंगाप्रसाद पौडेल र अध्यक्ष महेन्द्र राउतको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको जिल्ला सचिव राजु खतिवडाले बताए ।
बैठकमा नेपाली काँग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापतिहरुसहित नेविसंघका पदाधिकारीको सहभागिता रहेको थियो । नेविसंघको केन्द्रिय अधिवेशन साउन २३ गतेदेखि काठमाण्डौंमा हुने जनाईएको छ ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















